कोशीमा सांसदहरूलाई विराटनगर नछोड्न एमाले र माओवादीको निर्देशन | Khabarhub Khabarhub

कोशीमा सांसदहरूलाई विराटनगर नछोड्न एमाले र माओवादीको निर्देशन

प्रदेश प्रमुखले बुधबार नै नयाँ सरकार गठन अघि बढाउन सक्ने


२६ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

विराटनगर- कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि रस्साकस्सी चलिरहँदा दुई ठूला दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रले सांसदहरूलाई राजधानी सहर विराटनगर नछाड्न निर्देशन दिएका छन्।

एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले नयाँ सरकार गठन प्रक्रियाले गति लिएकाले दुवै दलका सांसदहरूलाई विराटनगर नछाड्न भनिएको जानकारी खबरहबलाई दिए ।

प्रदेश प्रमुख परशुराम खापुङले बुधबार नै नयाँ सरकार गठनका लागि आह्वान गर्न सक्ने बताउँदै दुवै दलले विराटनगरबाहिर रहेका सांसदहरूलाई पनि तत्काल आउन भनेका छन् ।

यदि नयाँ सरकारका लागि प्रदेश प्रमुखले आह्वान गरेको अवस्थामा दुवै दलले बहुमत सांसद उपस्थित गराउने गरी निर्देशन दिएका हुन् ।

कोशीमा एमालेका ४० र माओवादीका १३ जना सांसद छन् । यहाँ केन्द्रको भागबन्डाअनुसार नेकपा एमाले संसदीय दलका नेता हिक्मत कार्की मुख्यमन्त्री हुने लाइनमा छन् ।

वर्तमान मुख्यमन्त्री केदार कार्कीले विश्वास मत नलिने र पदबाट राजीनामा पनि नदिने अडान लिएका छन् । उनले बुधबार मात्रै जेठ ११ गते बस्ने गरी प्रदेश सभा आह्वान गरिसकेका छन् ।

कार्कीले पद नछाड्ने अडान लिइरहँदा प्रदेश प्रमुखले उनलाई कामचलाउमा परिणत गरेर नयाँ सरकार गठनका लागि आह्वान गर्न सक्नेछन् । एमाले र माओवादीले समर्थन फिर्ता लिएपछि उनी संविधानत: अल्पमतमा परिसकेका छन् ।

 

प्रकाशित मिति : २६ बैशाख २०८१, बुधबार  ४ : ०२ बजे

प्रिमियर लिगको उपाधि लगातार चौथो पटक जित्दै सिटीले रच्यो दुर्लभ इतिहास

काठमाडौं- म्यान्चेस्टर सिटीले लगातार चौथोपटक इङ्लिस प्रिमियर लिगको उपाधि जितेको

इरानमा राष्ट्रपति सवार हेलिकप्टर दुर्घटना, खोजी जारी

तेहरान – इरानका राष्ट्रपति इब्राहिम रायसी सवार हेलिकप्टर आइतबार खराब

जैविक विविधता संरक्षणमा डब्लुडब्लुएफको योगदान प्रशंसनीय : वनमन्त्री सुडी

काठमाडौं – वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले जैविक विविधता

नक्कली लेबलिङ गरेर कम्प्युटर बेचबिखन गर्ने दुईजना पक्राउ

कामठाडौं । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले डेल कम्पनीको लोगो

रविले बोले पनि फुकेन संसदको गाँठो

काठमाडौं- प्रतिनिधिसभा बैठकमा भइरहेको अवरोध हटाउने सत्तापक्ष र प्रतिपक्षको केही