युक्रेनलाई सघाउने अमेरिकी राष्ट्रपतिको प्रतिबद्धता « Khabarhub

युक्रेनलाई सघाउने अमेरिकी राष्ट्रपतिको प्रतिबद्धता


२६ जेठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनी समकक्षी भोलोदिमिर जेलेन्स्कीसँग नयाँ सैन्य सहायता उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

राष्ट्रपति जेलेन्स्कीसँग आज भएको द्विपक्षीय बैठकमा युक्रेनका लागि नयाँ सहायता प्याकेजको घोषणा गर्दै त्यसलाई यथाशक्य चाँडो उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

‘हामी हार नमानी उल्लेखनीय रूपमा निरन्तर लडिरहेको युक्रेनको साथमा छौँ’, बाइडेनले युक्रेनी राष्ट्रपतिलाई भने ।

अमेरिकी राष्ट्रपतिले आफूले पारित गर्नुपर्ने विधेयक प्राप्त गर्नमा समस्या सामना गरिरहेको कुरामा जोड दिए ।  

‘सहायताको सन्दर्भमा के पारित हुन गइरहेको छ भन्ने थाहा नदिएकोमा म क्षमाप्राथी छु, हाम्रा केही रूढीवादी सदस्यबाट पारित गर्नुपर्ने विधेयक प्राप्त गर्न गाह्रो भइरहको थियो’, उनले भने ।

बाइडेनले शुक्रबारको सहायतासम्बन्धी घोषणाका साथ युक्रेनलाई थप सहायताबारे पनि घोषणा गरेको सिएनएनले जनाएको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले खुला र समावेशी संवादको आवश्यकतामाथि जोड दिँदै उहाँले विश्व एकताबद्ध हुन र ‘पूर्ण सद्भाव’मा काम गर्न सक्षम हुनुपर्ने बताए ।

प्रकाशित मिति : २६ जेठ २०८१, शनिबार  ३ : ०५ बजे

दक्षिण अफ्रिकाको बारमा गोली हानाहान, १८ जनाको मृत्यु

एजेन्सी– दक्षिण अफ्रिकाको एउटा बारमा भएको सामूहिक गोलीबारीमा थप एक

दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौं- मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान

पृथ्वी राजमार्ग अवरुद्ध हुँदा कलंकीदेखि बल्खुसम्म ट्रकको लाइन (तस्बिरहरू)

काठमाडौं– पृथ्वी राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ट्रकका लाइन लागेका छन्

अध्ययन बिदापछि सेवा नफर्कने त्रिविका शिक्षक-कर्मचारीबाट १६ करोड ५० लाख असुल

काठमाडौं– त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा लिएपछि विश्वविद्यालयको नियमानुसार सेवामा नफर्किएका

अमेरिकासँग तत्काल वार्ता गर्ने योजना छैन : इरानी मिडिया

तेहरान– संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका पुगेको इरानी प्रतिनिधिमण्डलले