झिनो अंकले बढ्यो नेप्से, कारोबार २० अर्ब बढी  « Khabarhub

झिनो अंकले बढ्यो नेप्से, कारोबार २० अर्ब बढी 


२४ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) झिनो अंकले बढेको छ । २८ सय पार गरेको नेप्से बजार बन्द हुँदासम्ममा ६.७० अंकले बढेको छ । आज नेप्सेले २ पटक २८ सयको विन्दु पार गर्दा २० अर्ब बढीको कारोबार भएको छ । आज नेप्से ०.२४ प्रतिशतले बढेर २७६६.३८ विन्दुमा पुगेको छ । 

नेप्से झिनो अंकले बढ्दा २० अर्ब ७ करोड ४ लाख ३४ हजार रुपैयाँको ५ करोड ९ लाख ४६ हजार ८३२ कित्ता शेयर किनबेच भएको छ । आज प्रि ओपन सेसनमा १३ अंकले बढेर सुरु भएको शेयर बजार खुल्न साथ उकालो लागेको थियो । 

११ः१९ मा नेप्सेले २८ सयको विन्दु पार गरेको थियो भने ११ः२९ मा भने फेरी २८ सय तल झरेको थियो । दोस्रो पटक फेरी ११ः४४ मा नेप्सेले २८ सयको विन्दु पार गरेको थियो । १२ः६ बाट भने फेरी नेप्से २८ सय तल झर्दा फेरी भने २८ सयको विन्दुमा पुगेन । 

बजार निरन्तर घटेर १२ः२८ मा २७४७ विन्दुसम्म आएको नेप्से आज त्यो भन्दा तल भने झरेन । त्यसपछि पनि नेप्सेको उतार चडाव त कायम रह्यो तर बजार बन्द हुँदा भने नेप्से झिनो अंकले बढ्यो । 

आज बजार झिनो अंकले बढ्दा पनि समूहमा भने बढी रातो देखियो । १३ वटा समूहमध्ये ६ वटा समूह हरियो देखिँदा ७ वटा समूह भने राताम्य भए । प्रतिशतका आधारमा आज सबैभन्दा बढी उत्पादन समूह ५.८७ प्रतिशतले बढेर ८१८५.९५ विन्दुमा पुग्यो । आज सबैभन्दा बढी घट्ने १.२७ प्रतिशतले घटेर ७४२७.६९ विन्दुमा होटल एण्ड टुरिजम समूह पुग्यो । 

बजार बढ्दा पनि बढी कम्पनीले भने गुमाएको देखियो । बजार बन्द हुँदा ७९ वटा कम्पनीको शेयर मूल्य बढ्दा १६० वटा कम्पनीको शेयर मूल्य घट्यो । ३ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रह्यो । 

आज दिनभरमा ३२२ वटा कम्पनीको २ लाख ९ हजार ९६५ पटक शेयर किनबेच भयो । आज ९ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो भने थप २ कम्पनीको शेयर मूल्य पनि ८ प्रतिशत भन्दा बढीले बढ्यो ।

प्रकाशित मिति : २४ श्रावण २०८१, बिहीबार  ३ : ३४ बजे

कांग्रेसमाथि धावा बोल्नेलाई ठेगान लगाउने मान्छे मै हुँ : मोहन बस्नेत

काठमाडौं – नेपाली कांग्रेसका नेता मोहन बस्नेतले पार्टीमाथि धावा बोल्ने

प्रकाशचन्द्र परियारको रिपोर्ट कार्डमा के–के छन् दोस्रो अधिवेशनका काम ?

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका सचेतक प्रकाशचन्द्र

स्पेसएक्सले युक्रेनमा स्टारलिंकको सेवामा गर्‍यो सीमितता, सैन्य ड्रोन अभियान प्रभावित

एजेन्सी– अमेरिकी अन्तरिक्ष प्रविधि कम्पनी स्पेसएक्सले युक्रेनमा उपलब्ध गराउँदै आएको

कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं– कुमारी बैंक लिमिटेडको छब्बीसौं वार्षिक साधारण सभा बुधबार काठमाडौंको

लोकदोहोरीबाट कांग्रेसको केन्द्रीय नेतृत्वसम्म, रिता थापामगर बनिन् केन्द्रीय सदस्य

काठमाडौं– लोकदोहोरी गीतमार्फत दर्शक तथा श्रोतामाझ परिचित गायिका रिता थापामगर