झिनो अंकले बढ्यो नेप्से, कारोबार २० अर्ब बढी  « Khabarhub

झिनो अंकले बढ्यो नेप्से, कारोबार २० अर्ब बढी 


२४ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) झिनो अंकले बढेको छ । २८ सय पार गरेको नेप्से बजार बन्द हुँदासम्ममा ६.७० अंकले बढेको छ । आज नेप्सेले २ पटक २८ सयको विन्दु पार गर्दा २० अर्ब बढीको कारोबार भएको छ । आज नेप्से ०.२४ प्रतिशतले बढेर २७६६.३८ विन्दुमा पुगेको छ । 

नेप्से झिनो अंकले बढ्दा २० अर्ब ७ करोड ४ लाख ३४ हजार रुपैयाँको ५ करोड ९ लाख ४६ हजार ८३२ कित्ता शेयर किनबेच भएको छ । आज प्रि ओपन सेसनमा १३ अंकले बढेर सुरु भएको शेयर बजार खुल्न साथ उकालो लागेको थियो । 

११ः१९ मा नेप्सेले २८ सयको विन्दु पार गरेको थियो भने ११ः२९ मा भने फेरी २८ सय तल झरेको थियो । दोस्रो पटक फेरी ११ः४४ मा नेप्सेले २८ सयको विन्दु पार गरेको थियो । १२ः६ बाट भने फेरी नेप्से २८ सय तल झर्दा फेरी भने २८ सयको विन्दुमा पुगेन । 

बजार निरन्तर घटेर १२ः२८ मा २७४७ विन्दुसम्म आएको नेप्से आज त्यो भन्दा तल भने झरेन । त्यसपछि पनि नेप्सेको उतार चडाव त कायम रह्यो तर बजार बन्द हुँदा भने नेप्से झिनो अंकले बढ्यो । 

आज बजार झिनो अंकले बढ्दा पनि समूहमा भने बढी रातो देखियो । १३ वटा समूहमध्ये ६ वटा समूह हरियो देखिँदा ७ वटा समूह भने राताम्य भए । प्रतिशतका आधारमा आज सबैभन्दा बढी उत्पादन समूह ५.८७ प्रतिशतले बढेर ८१८५.९५ विन्दुमा पुग्यो । आज सबैभन्दा बढी घट्ने १.२७ प्रतिशतले घटेर ७४२७.६९ विन्दुमा होटल एण्ड टुरिजम समूह पुग्यो । 

बजार बढ्दा पनि बढी कम्पनीले भने गुमाएको देखियो । बजार बन्द हुँदा ७९ वटा कम्पनीको शेयर मूल्य बढ्दा १६० वटा कम्पनीको शेयर मूल्य घट्यो । ३ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रह्यो । 

आज दिनभरमा ३२२ वटा कम्पनीको २ लाख ९ हजार ९६५ पटक शेयर किनबेच भयो । आज ९ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो भने थप २ कम्पनीको शेयर मूल्य पनि ८ प्रतिशत भन्दा बढीले बढ्यो ।

प्रकाशित मिति : २४ श्रावण २०८१, बिहीबार  ३ : ३४ बजे

पूर्वी युक्रेनमा भएको रूसी ड्रोन आक्रमणमा चार जनाको मृत्यु

कीभ- पूर्वी युक्रेनमा रूसी ड्रोनले आक्रमण गर्दा पाँच वर्षीय बालकसहित

नक्कली कर्मचारी नियन्त्रणमा

काठमाडौं- गृह मन्त्रालयको शाखा अधिकृत हुँ भनी नक्कली कर्मचारी परिचयपत्र

सुरक्षा निकायको धर्म मुलुक र जनताको सर्वोत्तम हित गर्नु हो : राष्ट्रपति पौडेल

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सुरक्षा निकायको धर्म भनेकै शान्ति सुरक्षा

म्याग्दीमा एक जनाको उम्मेदवारी फिर्ता, महावीरले रोजे त्रिभुज

म्याग्दी– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा स्वतन्त्र उम्मेदवार बनेका