चाडपर्व, पूजाआजा, विहेबारीका मांगालिक कामको तामझाम चलिरहँदा झ्वाट्ट कतैबाट जुठो, सुतकको खबर आउनासाथ सम्पूर्ण तयारी तासको घरझैं भत्कन्छ। स्वजन शोकको पीडामा रहँदा जुठोको बाछिटाले वंशमा त्यसको प्रभाव पर्ने नै भयो। लामो लहरोका कारण जुठो, सुतकका कारणले कतिपय परिवारले वर्षौंदेखि चाडपर्व मनाउन पाइरहेका हुँदैनन्। अझ परिवारका सदस्यको विदेशमा बाक्लो उपस्थिति हुन थालेपछि त झन् जुठो, सुतकको विषययले थप विवाद सिर्जना गर्न थालेको छ।
शास्त्र निर्देशित मानक एउटा छ, मानिसका भावनात्मक निर्णय आफ्ना छन्। अझ जातीय, क्षेत्रीय संघसंस्थाका कारण सम्बन्धलाई थप मजबुत बनाउने अभियान अर्कातिर चलिरहेको देखिन्छ। धर्म, संस्कृतिका विषयमा आफ्नो धारणा बनाउन मानिस आफैं स्वतन्त्र छ। यद्यपि नेपालीको ठूलो पर्व दशैं चलिरहँदा शास्त्रले नातागोतामा पर्ने जुठो सुतकलाई कसरी व्याख्या गरेको छ भन्ने सन्दर्भ यहाँ उठाइएको हो।
हिन्दु संस्कारको आफ्नै अस्तित्व र इतिहास छ। मन, वचन, कर्म र शरीरको पवित्रतालाई हिन्दुले आफ्नो संस्कार मानेको छ। व्यक्तित्व निर्माणमा संस्कारको ठुलो भूमिका रहने हिन्दुले विश्वास गर्छन्। फलस्वरुप मानिस जन्मदा होस् वा मृत्यु हुदाँ शास्त्रले व्याख्या गरेअनुसार गर्छन्।
परिवार तथा आफन्तको मृत्युमा जसरी मृतक आत्माको मोक्ष प्राप्तिको लागि जुठो बार्ने चलन छ, त्यसरी नै हिन्दु शास्त्रमा जन्मिएको बच्चा एघार दिन अर्थात न्वारन नहुन्जेल घरको सदस्य भइनसकेको अवस्थामा चाडपर्व मनाउन बर्जित गरिएको छ।
परिवारमा नयाँ सदस्य थपिदाँ त खुसियाली हुन्छ। यस्तो समयमा पनि किन सुतक बार्नुपर्छ ? यस विषयमा खबरहबले आचार्य सोमनाथ कोइरालासँग कुराकानी गरेको छ।
मानिस जन्मिदा जुठो सूतक बार्ने हिन्दु परम्परा हो। यो बार्ने भन्ने संस्कार जातधर्म र क्षेत्रअनुसार फरक-फरक हुन्छ। हिन्दु धर्म र आस्था र विश्वासलाई पछ्याएकाहरुले शास्त्रमा लेखिएको कुराहरु मान्छन्।
मानिस जन्मिदा जुठो सूतक बार्ने हिन्दु परम्परा हो। यो बार्ने भन्ने संस्कार जातधर्म र क्षेत्रअनुसार फरक-फरक हुन्छ। हिन्दु धर्म र आस्था र विश्वासलाई पछ्याएकाहरुले शास्त्रमा लेखिएको कुराहरु मान्छन्।
जन्माशौच शब्द जन्म र आशौच मिलेर बनेको हो। मान्छे जन्मदा अशुद्ध वा अपवित्र हुनुलाई जन्माशौच भनिन्छ। शास्त्रअनुसार मानिस जन्मिदा दाजुभाइ र नजिकको नातेदारलाई निश्चित अवधिसम्म अशुद्धि लाग्छ। यसलाई सूतक भनिन्छ। शास्त्रले मानिस जन्मिदा आशौची बनाएर जन्मिएको हुन्छ भन्छ।
सूतिका सर्ववर्णेषु दशरात्रेण शुद्ध्यति, ऋतौ च न पृथक्शौचं सर्ववर्णेष्वयं विधि।
भनेर भनिएको हुनाले दशरात्रीलाई नै मान्यता दिँदै आएको देखिन्छ। जन्म सूतकमा दश रातसम्म पुत्रवती नारी अशुद्ध हुन्छिन् भनिएको छ। सपिण्डीसमेतका परिवारलाई देवपूजा आदि गर्न सूतक दोषमा निषेध छ। दश रात बितेपछि एघारौंका दिन नाम कर्म हुन्छ।
छोराछोरी बराबरी भनेको हुनाले छोराछोरी जे जन्मे पनि बीस रात कटाएपछि शुद्ध हुन्छन्। जन्मेका बालक वा बालिकाको नाल क्षेदन नगर्दासम्म जातकर्म संस्कार गर्न सकिन्छ। स्पर्श दोष लाग्दैन।
छोरा जन्मिएको भए एघारौं दिनलाई आधार मानेर बीस रात र छोरी जन्मिएको भए तीस रात कटाएपछि पुत्रवती नारीहरू पञ्चगव्य प्राशन र गोदान गरेर देवपूजामा समावेश हुने अधिकार हुन्छ भनिएको छ।
तथापि छोराछोरी बराबरी भनेको हुनाले छोराछोरी जे जन्मे पनि बीस रात कटाएपछि शुद्ध हुन्छन्। जन्मेका बालक वा बालिकाको नाल क्षेदन नगर्दासम्म जातकर्म संस्कार गर्न सकिन्छ। स्पर्श दोष लाग्दैन।
छैठौं दिनमा शिशुको षष्ठी कर्म गर्न प्रतिबन्ध छैन। ब्राह्मण निमन्त्रणा गरेर विधिसम्मत देवपूजा गर्न सकिन्छ। सम्पूर्ण जीव जीवात्माको गति जन्मनु र मर्नु हुन्छ। मानिस सचेत प्राणी भएको हुनाले सामाजिक परम्परा र संस्कारको गतिलाई पछ्यायो।
मानिस जन्मिदा हर्ष प्रकट गरेपनि बार्नुपर्छ। शास्त्रमा लेखिएका विधानहरु अपत्यारिला जस्ता लाग्न सक्छन। तर वस्तु सत्य आफ्नो धर्म र परम्परालाई रक्षा गर्नु हरेकको कर्तव्य हो।
जन्म सूतकलाई बार्ने वा नबार्ने भनेर मतान्तर पाइन्छन्। जन्माशौचलाई उत्सवको रुपमा मानेर नाचगान समेत हुन्छ। सामान्यरुपमा जन्मोत्सवलाई नबार्दा पनि हुने हो तर हाम्रो संस्कारलाई आधुनिक आँखाले हेर्दा पनि धेरै कुराहरु वैज्ञानिक छन्।
संस्कृतिलाई ऐच्छिक बनाउन मिल्दैन। आफू अनुसार व्याख्या गरेर पालना गर्न पनि मिल्दैन। शास्त्रमा लेखे भन्दा बढी बार्नु पनि पर्दैन। लेखिएको जति बार्न अनिवार्य छ।
निर्णय सिन्धु र धर्म सिन्धुमा स्पष्ट लेखिएको छ। पुस्ता र पिँढी भनेको चाहिँ एकै हो। अब पुस्ताको व्याख्या गर्दा आफू, बुवा र हजुरबुवा तीन भइयो। यी सबै जीवित भएको अवस्थामा एक पुस्ता मानिन्छ। मरेपछि मात्रै अर्को पुस्ता छुट्टिने हो। सात पुस्तामा हजुरबुवा, हजुरबुवाको छोरा, बुढो हजुरबुवा, अर्को हजुरबुवा, बुवा र आफू गरेर सातौं पुस्ताले दश दिन बार्नुपर्छ।
संस्कृतिलाई ऐच्छिक बनाउन मिल्दैन। आफू अनुसार व्याख्या गरेर पालना गर्न पनि मिल्दैन। शास्त्रमा लेखे भन्दा बढी बार्नु पनि पर्दैन। लेखिएको जति बार्न अनिवार्य छ। बार्ने मान्छेले आत्मिक रुपमै शुद्ध हुनुपर्छ। खसी काटेर खाने तर टीका नलगाउने यसलाई बारेको भनिदैन।
नाच्ने र उत्सव मनाउने तर टीका नलगाउने यो चोरी गरेजस्तो हो। टीका नलगाएर, खानापिन भने गरेको पाइन्छ। तर शास्त्रले चाडपर्वमा खाने परिकार पनि नखाने नै भनेको छ।
सदस्यका रुपमा भित्र्याएपछि मात्रै शुभकार्यमा संलग्न गराउने भनिएको छ। अर्को व्यवहारिक रुपमा पनि निकै सान्दर्भिक छ। पर्व मनाउँदै गर्दा सुत्केरी स्याहारमा कमी हुनसक्छ। त्यसले बच्चा र आमालाई हानी हुनसक्छ। सनातन परम्परा विज्ञानसंवत रहेको छ।
कति पुस्तासम्म बार्ने ?
जन्मसूतक सूतकीका घर बाहेक पुस्ताअनुसार बारिन्छ। मूल पुरुषदेखि सात पुस्तासम्म सपिण्डी भनिन्छ। आठौंदेखि चौधौंसम्म समानोदक वा सकुल्या र पन्ध्रौंदेखि एक्काइस पुस्तासम्म सगोत्री भनिन्छ।
जन्मसूतक सूतकीका घर बाहेक पुस्ताअनुसार बारिन्छ। मूल पुरुषदेखि सात पुस्तासम्म सपिण्डी भनिन्छ। आठौंदेखि चौधौंसम्म समानोदक वा सकुल्या र पन्ध्रौंदेखि एक्काइस पुस्तासम्म सगोत्री भनिन्छ।
आठौं पुस्ताबाट सपिण्डी समाप्त हुन्छ। आठौं पुस्ता भएका घरमा सातौं पुस्ताको व्यक्ति नभएमा सातौं पुस्ताका व्यक्तिको जन्म भएमा तीन रातमात्रै बारे पुग्छ। तर आठौं पुस्ताका व्यक्तिको जन्म हुँदा सातौं पुस्ताका व्यक्तिले दशरात नै सूतक बार्नुपर्छ।
गर्भैमा मरेर जन्मेको र जन्मेर मरेका शिशुको सपिण्डीहरूलाई दशरात नै जन्मसूतक लाग्छ। एघारौं दिनमा नामाकरण नहुँदै शिशुको मृत्यु भएमा सपिण्डीहरू स्नानले मात्र शुद्ध हुन्छन्। बाबु आमाले तीनरात अरु बार्नुपर्छ।
प्रतिक्रिया