काठमाडौँ महानगर र पशुपति विकास कोषबीच सहमति पत्रमा हस्ताक्षर  | Khabarhub Khabarhub

काठमाडौँ महानगर र पशुपति विकास कोषबीच सहमति पत्रमा हस्ताक्षर 


२२ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं पशुपति गौशाला सञ्चालन व्यवस्थापन गर्न काठमाडौँ महानगरपालिका र पशुपति क्षेत्र विकास कोषबीच सहमति पत्रमा हस्ताक्षर भएको छ। 

असोज २० गते बसेको पशुपति क्षेत्र विकास कोष सञ्चालन परिषद्को निर्णय आज बसेको काठमाडौँ महानगरपालिका नगर कार्यपालिकाको निर्णय कार्यान्वयनमा लैजान सहमति पत्रमा हस्ताक्षर भएको हो ।

सहमति पत्रमा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाइँ र कोषका कार्यकारी निर्देशक सुभाषचन्द्र जोशीले हस्ताक्षर गरेका हुन् । 

सहमति पत्रमा हस्ताक्षर गरिसकेपछि प्रमुख प्रशासकीय अधिकृत गुरागाईँले भने, ‘यस्ता सार्वजनिक महत्वका स्थानको संरक्षण, प्रबर्द्धन र व्यवस्थापनमा सबैको दायित्व हुने बताउँदै महानगरपालिकाले यसको अभिभावकत्व ग्रहण गरेको हो ।’ 

‘धर्मशाला मन्दिर हो । सम्पत्ति कोषको हो ।’ सम्पदा तथा पर्यटन समितिका संयोजक एवं वडा नं। ८ का अध्यक्ष आशामान संगतले भने, ‘सार्वजनिक सम्पत्तिमा सबैको समान पहुँच बनाउनु सहमतिको उद्देश्य हो ।’

‘सहमति पत्रमा हस्ताक्षर हुनुलाई सुखद क्षणका रुपमा लिएका छौँ ।’ कोषका कार्यकारी निर्देशक जोशीले भने, ‘महानगरपालिकासँगको सहकार्य बढाउँदै लैजानेछौँ ।’   

पशुपति गौशाला महानगरपालिकाको वडा नं.८ क्षेत्रमा पर्छ । कोषको स्वामित्वमा रहेको घरजग्गामा महानगरपालिकाले गौशाला, धर्मशाला तथा सामाजिक धार्मिक कार्य तथा सेवाका लागि आवश्यक पूर्वाधारको विकास गरी सञ्चालन तथा व्यवस्थापन गर्नेछ । 

गैरनाफामूलक सेवाअन्तर्गत गौशाला सञ्चालन, श्रद्धालु भक्तजनलाई निःशुल्क भोजन, अन्न दान स्वीकार गर्ने तथा आवास सेवा, निःशुल्क शौचालयसहितको सेवा सञ्चालन गरिनेछन् । 

यसका लागि वडा नं. ८ का अध्यक्ष आशामान संगतको संयोजकत्वमा व्यवस्थापन समिति गठन गरिएको छ । समितिमा महानगरपालिकाको सम्पदा तथा पर्यटन विभागका प्रमुख, कोषले तोकेको प्रतिनिधि २ जना र महानगरपालिकाका प्रमुखले तोकेका १ जना प्रतिनिधि सदस्य रहनेछन् ।

प्रकाशित मिति : २२ आश्विन २०८१, मंगलबार  ६ : ४१ बजे

पुल्चोकका स्ववियु सभापति भन्छन्– राजनीतिकरण तोडेँ, कुनै दलमा जान्नँ

काठमाडौं– ठूला दललाई पछार्दै २१ वर्षीय स्वतन्त्र उम्मेदवार स्वयं श्रेष्ठ

शिक्षकहरूको सामूहिक राजीनामा फिर्ता

पोखरा– नेपाल सरकारले २०८१ पुस २९ गते जारी गरेको सुशासन

जीवा लामिछानेको ‘अक्षत अन्टार्कटिका’ लोकार्पण 

काठमाडौं– लेखक जीवा लामिछानेको नयाँ कृति ‘अक्षत अन्टार्कटिका’ लोकार्पण गरिएको

सुध्रिएन नेताको बोली : ‘हेट स्पीच’को बाढी

काठमाडौं– कुनै व्यक्ति वा समूहलाई जाति, धर्म, लिंग, राष्ट्रियता, भाषा,

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल म्यानमार प्रस्थान

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल आज