बाढीपहिरोले अझै पाँच सडकखण्ड पूर्णरुपमा अवरुद्ध « Khabarhub

बाढीपहिरोले अझै पाँच सडकखण्ड पूर्णरुपमा अवरुद्ध


२२ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

काठमाडौं बाढी पहिरोले अवरुद्ध भएका ५ सडक अहिलेसम्म पनि पूर्ण रुपमा अवरुद्ध रहेका छन् ।

नेपाल प्रहरीले दिएको जानकारी अनुसार मंगलबार साँझ ५ बजेसम्मको अपडेट अनुसार अहिलेसम्म पहिरोका कारण देशभरमा ५ सडक खण्ड पूर्ण रुपमा अवरुद्ध छन् भने ८ सडक खण्ड एकतर्फी संचालन भइरहेका छन् ।

अवरुद्ध भएका सडकमा काभ्रे जिल्लामा विपी राजमार्ग अन्तर्गत रोशी गाउँपालिकाको चारसयबेसीमा सडक अवरुद्ध छ भने विपी राजमार्गकै रोशीको भ्याकुरेमा पनि सडक पूर्ण रुपमा अवरुद्ध रहेको छ ।

त्यस्तै रामेछापको अरनिको राजमार्ग अन्तर्गतको रामेछाप र सिन्धुली जोड्ने खुर्कोटमा सडक पूर्ण अवरुद्ध रहेको छ । त्यस्तै सिन्धुपाल्चोकको बार्हबिसे तातोपानी सडक खण्ड पनि भोटेकोशी-३ मा अवरुद्ध रहेको छ ।

त्यस्तै बझाङको जयपृथ्वी राजमार्ग अन्तर्गत छबिसपाथीभेरा-१ को बालुवाटारमा सडक पूर्ण रुपमा अवरुद्ध रहेको छ ।

प्रकाशित मिति : २२ आश्विन २०८१, मंगलबार  ७ : २७ बजे

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य 

काठमाडौं- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको

हात्ती पीडित बोटे परिवारलाई राहत

चितवन– जंगली हात्ती  ध्रुवेको आक्रमणमा परी ज्यान गुमाएका भरतपुर महानगरपालिका–२३ का

चिकित्सकको सुझावपछि गणेश नेपालीलाई तत्काल भारत नलगिने

काठमाडौं– सरकारले जलनका बिरामी मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय

व्यावसायिक कृषि पेसाबाट मनग्ये आम्दानी

भोजपुर– यहाँको षडानन्द नगरपालिका–१ नेपालडाँडा थापाथलीका जीवन थापाले गाउँमा फर्किएर