आज देशभरको मौसम सफा रहने « Khabarhub

आज देशभरको मौसम सफा रहने


२३ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं हाल देशभर पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको तथा पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार आज दिउँसो देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जनचट्याङसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ ।

यसैगरी, आज राति देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जनचट्याङसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ ।

आगामी २४ घण्टामा कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जनचट्याङसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा क्षणिक वा आंशिक असर पर्नसक्ने हुनाले सम्बन्धित सबैलाई सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

प्रकाशित मिति : २३ कार्तिक २०८१, शुक्रबार  ६ : १२ बजे

नेत्रहीन महिला विश्वकप फाइनल : भारतविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल

काठमाडौं – नेत्रहीन महिला टी–२० विश्वकपको फाइनलमा नेपालले सुरुमा ब्याटिङ

अलैँचीको मूल्य बढ्दा भोजपुरका किसान उत्साहित

भोजपुर– उत्पादित अलैँचीले मूल्य पाउन थालेपछि यहाँका किसान उत्साहित भएका

हलेसी तुवाचुङको प्रशासनिक भवन निर्माण

खोटाङ– खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले प्रशासनिक नयाँ भवन निर्माण सुरु

निःशुल्क आँखा जाँच शिविरबाट २०७ जना लाभान्वित

गण्डकी– हिमालय क्लबको आयोजना एवं दृष्टि आँखा अस्पताल नयाँबजारको प्राविधिक