एनपीएल : आजको दोस्रो खेलमा सुदूरपश्चिम र चितवन भिड्दै « Khabarhub

एनपीएल : आजको दोस्रो खेलमा सुदूरपश्चिम र चितवन भिड्दै


२३ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आइतबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदैछ। आइतबार दिउँसो १ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा यो भिडन्त सुरु हुनेछ। तीन जितसहित तालिकाको शीर्ष स्थानमा रहेको सुदूरपश्चिमसँग तेस्रो स्थानको चितवनले प्रतिस्पर्धा गर्न लागेको हो।

सुदूरपश्चिम दीपेन्द्रसिंह ऐरीको कप्तानीमा छ भने चितवन कुशल मल्लको कम्तानीमा छ। पहिलो खेलमा विराटगरलाई ९० रनले हराएको सुदूरपश्चिमले दोस्रो खेलमा काठमाडौंमाथि ७३ रनको जित निकालेको थियो। तेस्रो खेलमा भने शनिबार लुम्बिनीलाई ४५ रनले हराएको छ।
अपराजित सुदूरपश्चिम ६ अंकसहित शीर्ष स्थानमा छ। जनकपुर र सुदूरपश्चिमको समान अंक भए पनि रनरेटका आधारमा सुदूरपश्चिम तालिकाको शीर्ष स्थानमा पुगेको हो।

यता, पहिलो खेलमा काठमाडौंविरुद्ध पाँच विकेटले विजयी भएको चितवनले दोस्रो खेलमा पोखरामाथि ८७ रनको शानदार जित निकालेको छ। तेस्रो खेलमा कर्णालीसँग एक बल बाँकी छँदा ६ विकेटले पराजित भएको चितवन आज अर्को जितको खोजीमा हुनेछ।

 

प्रकाशित मिति : २३ मंसिर २०८१, आइतबार  ६ : २८ बजे

कोशी प्रदेशसभा बैठक : भौतिक संरचना निर्माणका लागि बजेट विनियोजन गर्न माग

विराटनगर– कोशी प्रदेशसभाको आज बसेको बैठकमा विशेष समयमा नेपाल कम्युनिष्ट

रेशम चौधरीलाई पक्रन फर्जी पत्र काट्ने शाखा अधिकृत विष्ट दोषी ठहर

काठमाडौं- लिखतसम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतले सर्वोच्च अदालतका शाखा अधिकृत

मापदण्डबाहिर विदेशी सम्बन्धनका दर्जनौँ कलेज, बालेन सरकारले नियमनको कार्यसूचीमै राखेन

काठमाडौं- नेपाल सरकारको मापदण्डबाहिर रहेर विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएका दर्जनौँ

नवनियुक्त महान्याधिवक्ता डा. कँडेलको शपथ

काठमाडौं– सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लसमक्ष नवनियुक्त महान्याधिवक्ता

युवाले फेरि आन्दोलन गर्नु नपर्ने गरी कानुन र नीति बनाउँछु : सभामुख अर्याल

काठमाडौं– प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले आगामी दिनमा जेन-जी युवाले