बलिङमा लुम्बिनीको चमत्कार : जनकपुरले दियो १३७ रनको चुनौती « Khabarhub

बलिङमा लुम्बिनीको चमत्कार : जनकपुरले दियो १३७ रनको चुनौती


२३ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आइतबार बिहानको खेलमा जनकपुरले लुम्बिनीलाई १३७ रनको चुनौती दिएको छ । ९ विकेटको क्षतिमा पूरै २० ओभर खेल्दै जनकपुरले १३६ रन बनाएको हो । लगातार तीन खेलमा पराजित भएको लुम्बिनीले आजको खेलमा चमत्कारिक बलिङ गर्दै जनकपुरलाई सस्तैमा समेटेको हो ।

जनकपुरका लागि कप्तान अनिल शाह ५ रनले अर्धशतक बनाउन चुके। उनले एक चौका र चार छक्का हिर्काएर ४५ रन जोडे। उनी सन्दीप जोराको बलमा क्याच आउट भएका हुन्। जनकपुरका अर्का ओपनर आशिफ शेख १० बलमा १६ रन बनाएर आउट भएका थिए।

लाहिरु मिलन्था २३ बलमा २४ रन बनाएर आउट हुँदा तीन बल खेलेका हर्ष ठाकरले एक रन बनाउँदा जिमी निशमले दुई बलमा एक रन मात्र जोड्न सके। मोहम्मद मोसिन पाँच बलमा तीन रन बनाएर आउट हुँदा श्री मल्ल शून्यमा आउट भए।

कसिलो बलिङ गरेको लुम्बिनीका लागि अभिषेक गौतमले तीन विकेट लिँदा कप्तान रोहित पौडेल र साद बिन जफरले दुईदुई विकेट लिए। उसका लागि सन्दीप जोराले एक-एक विकेट हात पारे।

प्रकाशित मिति : २३ मंसिर २०८१, आइतबार  १० : ३७ बजे

कांग्रेस महाधिवेशन : यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौँ– नेपाली कांग्रेसको निर्वाचन समितिले १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको

बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजनाको मृत्यु, एकजना गम्भीर घाइते

बागलुङ– बागलुङमा बाटो स्तरोन्नति गर्ने क्रममा माटोको ढिस्कोले पुरिएर दुईजना

मौसम खुलेपछि अन्नपूर्ण आधार शिविरमा पर्यटक भरिभराउ

कास्की– विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबीसी) पदयात्रामा जाने पर्यटकको सङ्ख्या

गगनले अघि सारे ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’को दृष्टिकोण

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देश, लोकतन्त्र र कांग्रेसको

विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम

चितवन– अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले