भारतको सहयोगमा बन्ने खाम्लालुङ स्वास्थ्य चौकी भवन शिलान्यास « Khabarhub

भारतको सहयोगमा बन्ने खाम्लालुङ स्वास्थ्य चौकी भवन शिलान्यास


२३ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतको आर्थिक सहयोगमा तेह्रथुमको आठराई गाउँपालिकास्थित खाम्लालुङ स्वास्थ्य चौकी भवनको शिलान्यास गरिएको छ ।

तेह्रथुमकी प्रतिनिधिसभा सदस्य सीता गुरुङ, आठराई गाउँपालिकाका अध्यक्ष दिलकुमार पाहिम र भारतीय राजदूतावासका प्रथम सचिव अविनाशकुमार सिंहले शुक्रबार संयुक्त रूपमा उक्त भवनको शिलान्यास गरेका हुन् ।

‘नेपाल–भारत विकास सहकार्य’अन्तर्गत भारतको आर्थिक सहयोग ३ करोड ५४ लाख रुपैयाँमा खाम्लालुङ स्वास्थ्य चौकीको निर्माण गरिने दूतावासले जनाएको छ ।

उक्त कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी तथा समाजसेवीहरुको उपस्थित थिए ।

भारत सरकारको अनुदान सहयोग आकस्मिक वार्ड, प्रसूति वार्ड, जनरल वार्ड, प्रशासन शाखा र अन्य सम्बन्धित सुविधाहरू सहितको दुईतल्ले स्वास्थ्य चौकी निर्माणका लागि उपयोग गरिनेछ ।

यस परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाका रुपमा अघि बढाइएको हो । तेह्रथुममा अघि बढाइएको यो पहिलो उच्च प्रभाव सामुदायिक विकास परियोजना हो ।

यस परियोजनाको कार्यान्वयन तेह्रथुमको आठराई गाउँपालिकामार्फत गरिनेछ । सन् २००३ यता भारतले नेपालका विभिन्न क्षेत्रमा पाँच सय ६३ वटाभन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाएको छ ।

जसमध्ये चार सय ९० वटा परियोजना सम्पन्न गरिसकेको छ । यीमध्ये कोशी प्रदेशमा ९१ वटा परियोजना छन् ।

भारतले स्वतन्त्रता दिवस र गणतन्त्र दिवसको अवसरमा नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थालाई १००९ वटा एम्बुलेन्स र ३०० वटा स्कुल बस उपहारस्वरुप दिइसकेको ।

त्यसमध्ये खाम्लालुङ स्वास्थ्य चौकीलाई एउटा एम्बुलेन्ससहित कोशी प्रदेशलाई १४६ वटा एम्बुलेन्स र ४८ वटा स्कुल बस उपहारस्वरुप प्रदान गरिएको छ।

प्रकाशित मिति : २३ मंसिर २०८१, आइतबार  १२ : ३६ बजे

विश्वप्रकाशले भने- ‘विवेक प्रयोग गरेर मत हाल्नुस्, यो या त्यो पक्ष भन्ने छैन’

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सर्वसम्मत वरिष्ठ उपसभापति बनेका विश्वप्रकाश शर्माले

त्रिविलाई शिक्षामन्त्रीको निर्देशन : परीक्षा सकेको एक महिनाभित्र नतिजा प्रकाशन गर्नू

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले परीक्षा सम्पन्न भएको एक

२ बजेका लागि सारिएको कांग्रेस महाधिवेशनको मतदान अझै सुरु भएन

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि २ बजेबाट

गगनजीहरूले हरेक दिन विधान संशोधन गर्ने स्थिति देखियो : प्रकाशशरण महत

काठमाडौँ – नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले सभापति गगन थापा

मन्त्री बादी र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री