बक्यौता महसुल किस्तामा बुझाउने निवेदन दिन प्राधिकरणको आग्रह « Khabarhub

बक्यौता महसुल किस्तामा बुझाउने निवेदन दिन प्राधिकरणको आग्रह


२४ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणले विद्युत प्रयोग गरे वापतको बक्यौता महसुलको किस्ताबन्दीको सुविधाका लागि निवेदन दिन आग्रह गरेको छ ।

प्राधिकरणले आज एक सूचना जारी गर्दै  सञ्चालक समितिको पुस १६ गतेको निर्णयअनुसार प्राधिकरणका विभिन्न संरचनाहरूमा सेवा प्राप्त गरेका उपभोक्ता लागि एकपटक बढीमा ६० महिनासम्मको किस्ताबन्दी बुझाउन पाउने व्यवस्था गरेको जनाएको छ ।

प्राधिकरणले सो सुविधाका लागि ३० दिनभित्र प्राधिकरणको सम्बन्धित वितरण केन्द्रमा सम्पर्क गरी निवेदन दिन भनेको छ ।

पुस १६ गते बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत उपभोग गरेका भनिएका उपभोक्ताहरुलाई छुट बिलिङ गरिएको विद्युत खपतको महशुल बढीमा ६० कस्तासम्म तिर्न सक्ने व्यवस्था गरेको थियो ।

यता, उद्योगीहरूले भने डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत नै उपभोग नगरेको बताउँदै आएका छन् । यदि विद्युत उपभोग गरेको प्रमाण प्राधिकरणले दिएमा आफूहरू शुल्क बुझाउन तयार रहेको उनीहरूको भनाई छ ।

उद्योगहरूले विद्युत उपभोग गरेको भए मिटरको डाटा देखाउन प्राधिकरणलाई चुनौती दिँदै आएका छन्  ।

 

प्रकाशित मिति : २४ पुस २०८०, मंगलबार  ९ : ०५ बजे

विश्वकप विजेता स्पेन स्वदेश फर्कियो, म्याड्रिडमा भव्य स्वागत

म्याड्रिड – विश्वकप फुटबलको उपाधि जितेर स्वदेश फर्किएको स्पेनिस राष्ट्रिय

बौद्धमा श्रीमान्‌सँगको विवादपछि आत्मदाह प्रयास, ५० प्रतिशत शरीर जल्यो

काठमाडौँ – काठमाडौँको बौद्ध गेट नजिकै श्रीमान्‌सँगको विवादपछि एक महिलाले

‘डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै

सुदूरपश्चिम– ‘डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै जाँदा कैलालीमा गत

सक्कली बिल लिएर लखपति बन्ने अवसर: सरकारले ल्यायो दैनिक १ लाख जित्ने योजना

काठमाडौँ – सरकारले सर्वसाधारणलाई मूल्य अभिवृद्धि कर (भ्याट) र स्थायी

मनसुन सक्रिय भएसँगै देशभर झाडापखालाका बिरामी बढे, उपत्यकामा हैजाको जोखिम उच्च

काठमाडौँ – मनसुन सक्रिय भएसँगै देशभर लगातार भइरहेको वर्षाका कारण