बक्यौता महसुल किस्तामा बुझाउने निवेदन दिन प्राधिकरणको आग्रह | Khabarhub Khabarhub

बक्यौता महसुल किस्तामा बुझाउने निवेदन दिन प्राधिकरणको आग्रह


२४ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणले विद्युत प्रयोग गरे वापतको बक्यौता महसुलको किस्ताबन्दीको सुविधाका लागि निवेदन दिन आग्रह गरेको छ ।

प्राधिकरणले आज एक सूचना जारी गर्दै  सञ्चालक समितिको पुस १६ गतेको निर्णयअनुसार प्राधिकरणका विभिन्न संरचनाहरूमा सेवा प्राप्त गरेका उपभोक्ता लागि एकपटक बढीमा ६० महिनासम्मको किस्ताबन्दी बुझाउन पाउने व्यवस्था गरेको जनाएको छ ।

प्राधिकरणले सो सुविधाका लागि ३० दिनभित्र प्राधिकरणको सम्बन्धित वितरण केन्द्रमा सम्पर्क गरी निवेदन दिन भनेको छ ।

पुस १६ गते बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत उपभोग गरेका भनिएका उपभोक्ताहरुलाई छुट बिलिङ गरिएको विद्युत खपतको महशुल बढीमा ६० कस्तासम्म तिर्न सक्ने व्यवस्था गरेको थियो ।

यता, उद्योगीहरूले भने डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत नै उपभोग नगरेको बताउँदै आएका छन् । यदि विद्युत उपभोग गरेको प्रमाण प्राधिकरणले दिएमा आफूहरू शुल्क बुझाउन तयार रहेको उनीहरूको भनाई छ ।

उद्योगहरूले विद्युत उपभोग गरेको भए मिटरको डाटा देखाउन प्राधिकरणलाई चुनौती दिँदै आएका छन्  ।

 

प्रकाशित मिति : २४ पुस २०८०, मंगलबार  ९ : ०५ बजे

मोटरसाइकल दुर्घटनामा सहायक प्रहरी हबल्दार चौधरीको मृत्यु

मोरङ– मोरङको पथरी–कानेपोखरी सडकखण्डमा मोटरसाइकल  दुर्घटना हुँदा प्रहरी सहायक हबल्दार

क्लब वर्ल्ड कपको उद्घाटन : बराबरीमा रोकियो मेसीको टिम मियामी

काठमाडौं – फिफा क्लब वर्ल्ड कप २०२५ आइतबार सुरु भएको

सातवटै प्रदेश सरकारले आज आगामी आर्थिक वर्षको बजेट ल्याउँदै

काठमाडौं– मुलुकका सातवटै प्रदेश सरकारले आज आगामी आर्थिक वर्ष २०८२–०३

इरानको आक्रमणमा ६ इजरायलीको मृत्यु, दर्जनौ घाइते

इजरायल – इरानी आक्रमणबाट आइतबार बिहानै ६ इजरायलीको ज्यान गएको

मध्यविन्दु प्रादेशिक अस्पताल सय शय्यामा स्तरोन्नति

नवलपरासी- नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को कावासोती–१६ डण्डास्थित मध्यविन्दु प्रादेशिक अस्पताल एक