कोशीको सभामुखमा अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित « Khabarhub

कोशीको सभामुखमा अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित


२४ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


420
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित भएका छन् । 

विराटनगरमा मंगलबार बसेको प्रदेशसभा बैठकमा उपसभामुख सृजना दनुवारले विष्टलाई निर्विरोध निर्वाचित भएको घोषणा गरिन् ।

त्यसअघि बैठकमा राप्रपा संसदीय दलका नेता भक्ति सिटौलाले प्रस्ताव र प्रदेशसभा सदस्य प्रेमराज थामसुहाङले समर्थन प्रस्तुत गरेका थिए । उल्लेखित पदमा एउटा मात्रै प्रस्ताव परेकाले विष्ट निर्विरोध निर्वाचित भएको घोषणा उपसभामुखले गरे ।

सत्तारुढ गठबन्धनले सभामुख राप्रपालाई सघाउने निर्णय गरेसंगै एमालेले पनि उक्त पदमा उम्मेदवारी नदिने निर्णय गरेको थियो । 

प्रकाशित मिति : २४ पुस २०८०, मंगलबार  ४ : १३ बजे

भारतमा निर्वाचन प्रमुखको राजीनामा माग्दै प्रदर्शन, दिल्लीमा सुरक्षा कडा

नयाँदिल्ली– भारतमा मतदाता नामावली पुनरावलोकनका क्रममा अनियमितता भएको आरोप लगाउँदै

बाढीपछिको पुनर्निर्माणका लागि अस्ट्रेलियाले १ करोड ५० लाख डलर अनुदान दिने

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले बाढीपछिको पुनर्निर्माणका लागि अस्ट्रेलियाले थप एक करोड

इथियोपियामा भएको हिंसा रोक्न राष्ट्रसंघको आग्रह

एजेन्सी – संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इथियोपियाको उत्तरी क्षेत्रमा पुनः

सडक अवरुद्ध भएपछि यात्रुवाहक सवारीलाई प्राथमिकता

हेटौँडा– मुग्लिङ-काठमाडौँ सडकखण्ड अवरुद्ध भएपछि हेटौँडा हुँदै काठमाडौँ आवतजावत गर्ने

जङ्गली च्याउ खाँदा एक जनाको मृत्यु

घोराही– जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु भएको छ