ताप्लेजुङको मिक्वाखोलाका भूमिहीनलाई निस्सा वितरण « Khabarhub

ताप्लेजुङको मिक्वाखोलाका भूमिहीनलाई निस्सा वितरण


२६ फाल्गुन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ– ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाले भूमिहीन बसोबास गर्दै आएकालाई निस्सा वितरण गरेको छ । राष्ट्रिय भूमि आयोग ताप्लेजुङको समन्वयमा दलित र भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबास गर्ने घर परिवारलाई निस्सा वितरण गरेको हो ।

मिक्वखोला गाउँपालिका–१ र २ मा आठ–आठ जनालाई निस्सा वितरण गरिएको छ भने ३ नम्बर वडामा दुई जना, ४ नम्बर वडामा पाँच जना र ५ नम्बर वडामा दुई जनालाई निस्सा वितरण गरिएको मिक्वाखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुनदेव योङ्याले बताए ।

निस्सा वितरण गरेसँगै जग्गा खोजी गरेर केही महिनापछि जग्गा उपलब्ध गराउने गरी पालिकाले काम गरिरहेको गाउँपालिकाले जनाएको छ ।

निस्सा पाएपछि जग्गा पाउने आशाले भूमिहीन स्थानीय भने खुसी भएका छन् । राष्ट्रिय भूमि आयोग ताप्लेजुङ अध्यक्ष कुमार बस्नेतका अनुसार निस्सा वितरण गर्ने मिकवाखोला गाउँपालिका दोस्रो भएको छ ।

गत पुस २७ गते फुङ्लिङ नगरपालिकामा राष्ट्रिय भूमि आयोगले नगरपालिकाभित्रका ३६ दलित, ७० जना सुकुम्बासी र ११ जना अव्यवस्थित बसोबासीलाई निस्सा प्रदान गरिएको थियो ।

निस्सा पाएकाले सम्बन्धित वडामा जग्गा प्राप्तिका लागि आफ्नो दाबी प्रस्तुत गर्न पाउने अध्यक्ष बस्नेतले बताए । उनका अनुसार प्रमाणीकरणमा परी निस्सा पाएका परिवारले बजार क्षेत्रमा न्यूनतम चार आना र बजार बाहिर एक रोपनीसम्म जग्गा प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : २६ फाल्गुन २०८०, शनिबार  ८ : ३५ बजे

दिनभर अनुपस्थित ओली साँझ ७ बजेपछि मात्रै मतदानस्थल पुगे

 काठमाडौं – नेकपा एमालेको एघारौँ महाधिवेशनमा अध्यक्षका उम्मेदवार केपी शर्मा ओली

निर्वाचन गर्ने परीक्षाबाट उत्तीर्ण भएर अगाडि बढ्नुको विकल्प छैन : मन्त्री सिन्हा

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले सरकारसँग तोकिएकै

सर्वोच्चकै आदेशविरूद्ध अर्थमन्त्री, न्यायको पर्खाइमा ओझा

काठमाडौं– शरद ओझालाई तत्कालीन केपी ओली नेतृत्वको सरकारले नेपाल बिमा

पुसको जाडोमा साँझ परेपछि एमालेमा मतदान (तस्बिरहरू)

काठमाडौं– नेकपा एमालेको ११ औं महाधिवेशन भृकुटीमण्डपमा मतदानका लागि प्रतिनिधिहरू