फाइल फोटो

समाचार

मुलुकलाई अस्थिरतातर्फ धकेल्ने काम पार्टीले गर्दैन : महामन्त्री शर्मा

By खबरहब

March 09, 2024

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मुलुकलाई अस्थिरतातर्फ धकेल्ने काम पार्टीले नगर्ने स्पष्ट पारेका छन् ।

नेपाल शिक्षक संघ बागमती प्रदेशको चौथो सभा उद्घाटन गर्दै शर्माले प्रधानमन्त्रीले गठबन्धन परिवर्तन गरेपनि अहिलेको सरकारलाई लामो समय चल्न दिनुपर्ने भन्दै मुलुकलाई अस्थिरतातर्फ धकेल्ने काम कांग्रेसले नगर्ने स्पष्ट पारेका हुन् ।

उनले कांग्रेसका तर्फबाट मन्त्री भएकाहरूलाई एक वर्ष काम गर्न दिएर समीक्षा गर्ने तयारी गरेपनि प्रधानमन्त्रीले हतारो गरेको बताए ।

शर्माले जनताको चाहना र भावना अनुसारको मुद्दा लिएर कांग्रेसले शसक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्नुपर्ने धारणा राखे । 

कांग्रेस र एमालेलाई माओवादीले पटक पटक धोका दिएको भन्दै उनले धोका दिएकाहरू एक ठाँउ आए बाँकी व्यवस्था आफै हुँदै जाने जिकिर गरे ।

त्यस्तै शर्माले अहिले भएको गठबन्धन परिवर्तनको कदमले जनतामा नकारात्मक सन्देश गएको पनि बताए ।