पर्वतको बनौँलाई खुला बास्केटबल प्रतियोगिताको उपाधि « Khabarhub

पर्वतको बनौँलाई खुला बास्केटबल प्रतियोगिताको उपाधि


२६ फाल्गुन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

कास्की – पर्वतको बनौँ बास्केटबल टोली पोखरामा सञ्चालन भएको खुला बास्केटबल प्रतियोगिताको पुरुषतर्फ च्याम्पियन बनेको छ । पुन एकता क्लब पोखराले महाशिवरात्रि पर्वका अवसरमा प्रतियोगिता आयोजना गरेको हो ।

रामघाटस्थित पुन समाज घरको बास्केटबल कोर्टमा सञ्चालन भएको गण्डकी प्रदेशस्तरीय प्रतियोगिताको आज सम्पन्न फाइनलमा कास्कीको मर्दीखोला बास्केटबल टिमलाई ७७–६७ स्कोरले हराउँदै बनौँले उपाधि जितेको हो । च्याम्पियन बनेको बनौँले रु एक लाख नगदसहित ट्रफी र मेडल पुरस्कार प्राप्त गर्दा उपविजेता मर्दीखोलाले रु ५० हजार पुरस्कारमा चित्त बुझायो ।

यसैगरी महिलातर्फ अन्नपूर्ण गाउँपालिकाले उपाधि जितेको छ । फाइनलमा अमिचि क्याफेलाई ९–७ स्कोरले पराजित गर्दै अन्नपूर्ण च्याम्पियन बनेको हो । च्याम्पियन बनेको अन्नपूर्णले रु २० हजार र उपविजेता र अमिचिले रु १० हजारसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्यो ।

भेट्रान्सतर्फ लामाचौर एक्स एबिसीलाई ५४–४० स्कोरले हराउँदै प्रथम भयो । उपाधि जितेको लामाचौरले रु ३५ हजार र द्वितीय भएको एबिसीले रु १७ हजार पाँच सय नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्यो । प्रतियागितामा पुरुषतर्फ बनौँका पुस्कल छन्त्याल र महिलातर्फ अन्नपूर्णकी कुसुम गुरुङ र भेट्रान्सतर्फ लामाचौरका गमप्रसाद पुर्जा सर्वोत्कृष्ट खेलाडी घोषित भए ।

प्रतियोगिताको विजेता टोली तथा खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेश गुरुङ, कास्की जिल्ला बास्केटबल सङ्का अध्यक्ष कृष्ण गुरुङ, प्रतियोगिता संयोजक तथा कर्पाकेली परिवारका अध्यक्ष क्याप्टेन रनसिंह गर्बुजा, क्लबका अध्यक्ष सुदीप पुर्जालगायतले पुरस्कार वितरण गरे।

समापान समारोहमा राखेप सदस्य गुरुङले प्रतियोगिताले आगामी वर्ष हुने दशौँ राष्ट्रिय खेलकुदमा खेलाडी उत्पादनमा सघाउ पुग्ने आफूहरुको अपेक्षा रहेको बताए । यही फागुन २२ गतेदेखि सुरु भएको प्रतियोगितामा पुरुष, महिला र भेट्रान्स गरी तीन विधामा सञ्चालन गरिएको अध्यक्ष पुर्जाले जानकारी दिए । प्रतियोगितामा पुरुषतर्फ १९, महिलातर्फ सात र भेट्रान्सतर्फ छ टिमको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २६ फाल्गुन २०८०, शनिबार  ९ : २७ बजे

कांग्रेसको परिपत्र : निर्वाचनमा एकताबद्ध भएर लाग्न निर्देशन

काठमाडौं- नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै पार्टीका

नेता होइन, मधेशको बेटा बन्न सर्लाही आएँ : गगन थापा

सर्लाही- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेशको बेटा बन्नका

निर्वाचन आयोगमा बालेन शाहविरुद्ध उजुरी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा झापा–५ मा

माघ तेस्रो सातादेखि एचपीभी खोप लगाइँदै

काठमाडौं- सरकारले यस वर्ष पनि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

काठमाडौं- ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।