गाउँमै विद्यालय भवन र प्रसुतीगृह बनेपछि स्थानीय खुसी « Khabarhub

गाउँमै विद्यालय भवन र प्रसुतीगृह बनेपछि स्थानीय खुसी


२७ चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

मुगु– गाउँमा एकैपटक स्थायी विद्यालय भवन र प्रसूति गृह निर्माण भएपछि स्थानीय खुसी भएका छन् । मुगुको उत्तर सोरु नगरपालिका–९ को तली कलाई गाउँमा रहेको मष्टा आधारभूत विद्यालय र कलाई प्रसूति गृहको नयाँ पक्की भवन एकैसाथ निर्माण भएपछि स्थानीय खुसी भएका हुन् ।

विद्यालय हस्तान्तरण तथा प्रसूति गृह उद्घाटन कार्यक्रममा स्थानीयले बजागाजा, माला, अबिरलगायतले पाहुनालाई स्वागत गरेका थिए ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख, प्रमुख जिल्ला अधिकारी, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, सम्बन्धित संस्थाका अध्यक्ष, अन्य सदस्य, कर्मचारी, विभिन्न सञ्चारमाध्यममा आवद्ध सञ्चारकर्मीको उपस्थिति रहेको थियो ।

विद्यालयमा भवनसँगै महिला तथा पुरुषका लागि शौचालय, बालबालिकाका लागि डेस्क, बेन्च, सेतो टेबल र आवश्यक शैक्षिक सामग्रीको व्यवस्था गरिएको छ ।

गाउँमा स्थायी विद्यालय भवन बनेपछि आधारभूत विद्यालयका प्रधानाध्यापक भानुभक्त चौलागाइँले खुला चौरमा राखेर विद्यार्थी पढाउनु पर्ने अवस्थाको अन्त्य भएको भन्दै खुसी व्यक्त गरे ।

जर्मनीको आर्थिक तथा प्राविधिक सहयोग र कर्णाली सामुदायिक विकास केन्द्रको समन्वयमा ६२ लाख ८४ हजार २७५ रुपैयाँको लागतमा चार तले स्थायी भवन निर्माण भएको हो ।

यस्तै ५३ लाख १० हजारको लागतमा दुई तले ४ कोठाको स्थायी प्रसूति गृह निर्माण भएको  छ । मष्टा विद्यालयमा ८७ घरधुरीका ८९ बालबालिका अध्ययनरत छन् ।

प्रकाशित मिति : २७ चैत्र २०८०, मंगलबार  ८ : २२ बजे

अर्थतन्त्र गतिशील बनाउन पाँच ‘विशेष प्याकेज’ अघि बढाउँदै सरकार

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले अर्थतन्त्रलाई चलायमान बनाउन पाँचवटा

ब्रिक्स शिखर सम्मेलनका कारण नयाँदिल्लीमा कडा सुरक्षा

नयाँदिल्ली-  ब्रिक्स शिखर सम्मेलनका लागि नयाँदिल्लीमा कडा सुरक्षा व्यवस्था लागू गरिएपछि

रसुवा बाढीपीडित राहत शिविरमा हेल्प डेस्क राख्न निर्देशन

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिले रसुवा बाढीबाट

नेकपा एमाले पुनर्गठन कार्यदलको बैठक जारी

काठमाडौं– नेकपा एमालेको ‘निर्वाचन समीक्षा र पार्टी पुनर्गठन कार्यदल’को बैठक

गुल्मीमा ३८ जातका कफीको परीक्षण

गुल्मी– कफीखेतीका लागि अग्रणी जिल्ला गुल्मीमा ३८ जातका कफीको परीक्षण