गाउँमै विद्यालय भवन र प्रसुतीगृह बनेपछि स्थानीय खुसी « Khabarhub

गाउँमै विद्यालय भवन र प्रसुतीगृह बनेपछि स्थानीय खुसी


२७ चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

मुगु– गाउँमा एकैपटक स्थायी विद्यालय भवन र प्रसूति गृह निर्माण भएपछि स्थानीय खुसी भएका छन् । मुगुको उत्तर सोरु नगरपालिका–९ को तली कलाई गाउँमा रहेको मष्टा आधारभूत विद्यालय र कलाई प्रसूति गृहको नयाँ पक्की भवन एकैसाथ निर्माण भएपछि स्थानीय खुसी भएका हुन् ।

विद्यालय हस्तान्तरण तथा प्रसूति गृह उद्घाटन कार्यक्रममा स्थानीयले बजागाजा, माला, अबिरलगायतले पाहुनालाई स्वागत गरेका थिए ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख, प्रमुख जिल्ला अधिकारी, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, सम्बन्धित संस्थाका अध्यक्ष, अन्य सदस्य, कर्मचारी, विभिन्न सञ्चारमाध्यममा आवद्ध सञ्चारकर्मीको उपस्थिति रहेको थियो ।

विद्यालयमा भवनसँगै महिला तथा पुरुषका लागि शौचालय, बालबालिकाका लागि डेस्क, बेन्च, सेतो टेबल र आवश्यक शैक्षिक सामग्रीको व्यवस्था गरिएको छ ।

गाउँमा स्थायी विद्यालय भवन बनेपछि आधारभूत विद्यालयका प्रधानाध्यापक भानुभक्त चौलागाइँले खुला चौरमा राखेर विद्यार्थी पढाउनु पर्ने अवस्थाको अन्त्य भएको भन्दै खुसी व्यक्त गरे ।

जर्मनीको आर्थिक तथा प्राविधिक सहयोग र कर्णाली सामुदायिक विकास केन्द्रको समन्वयमा ६२ लाख ८४ हजार २७५ रुपैयाँको लागतमा चार तले स्थायी भवन निर्माण भएको हो ।

यस्तै ५३ लाख १० हजारको लागतमा दुई तले ४ कोठाको स्थायी प्रसूति गृह निर्माण भएको  छ । मष्टा विद्यालयमा ८७ घरधुरीका ८९ बालबालिका अध्ययनरत छन् ।

प्रकाशित मिति : २७ चैत्र २०८०, मंगलबार  ८ : २२ बजे

उज्यालो नेपाल पार्टी कार्यालय उद्‌घाटन (तस्बिरहरू)

काठमाडौं– उज्यालो नेपाल पार्टीको कार्यालय औपचारिक रुपमा सञ्चालनमा आएको छ

बालेन शाहसँग भेटवार्तापछि बाहिरिए रास्वपा सभापति लामिछाने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर

निर्धारित मितिमै निर्वाचन हुन्छ : अर्थमन्त्री खनाल

सिरहा– अर्थमन्त्री डा रामेश्वर खनालले आगामी फागुन २१ गते हुने

बालेनसँगको वार्तापछि रवि : मेरो अनुहार हेर्नुस्, केही समय प्रतिक्षा गर्नुस्

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर

विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक : प्रधानमन्त्री

काठमाडौ– प्रधानमन्त्री सुशीला कार्कीले विश्वविद्यालयलाई प्राज्ञिक बहसको थलो बनाउन सबै