अल हिलाल फाइनलमा, रोनाल्डोलाई रातो कार्ड « Khabarhub

अल हिलाल फाइनलमा, रोनाल्डोलाई रातो कार्ड


२७ चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


540
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–साउदी सुपर कप फुटबलमा अल हिलाल फाइलनमा प्रवेश गरेको छ । गएराति भएको खेलमा अल नासरलाई २–१ गोलले हराउँदै अल हिलाल फाइनलमा पुगेको हो ।

अल हिलालका लागि सलिम अल दाब्सरी र माल्कोमले एक–एक गोल गरेका थिए । अल नासरका साडिओ मानेले एक गोल फर्काएका थिए ।

पहिलो हाफ गोलरहित बराबरीमा समाप्त हुँदा तीनै गोल दोस्रो हाफमा भएका हुन् ।

दोस्रो हाफको ६१औँ मिनेटमा दाब्सरीले गोल गर्दै अल हिलाललाई सुरुवाती अग्रता दिलाएका थिए । यस्तै ७२औँ  मिनेटमा माल्कोमले टोलीको अग्रतालाई दोब्बर बनाए ।

खेलको ८६औँ मिनेटमा विपक्षी खेलाडीलाई मुक्का प्रहार गरेपछि क्रिस्टियानो रोनाल्डोलाई रेफ्रीले रातो कार्ड दिए । त्यसपछि अल नासर दश खेलाडीमा सीमित भयो ।

अब फाइनलमा अल हिलाले अल इत्तिहादसँग खेल्नेछ ।

 

प्रकाशित मिति : २७ चैत्र २०८०, मंगलबार  १० : २५ बजे

बालबालिका, गर्भवती र सुत्केरी महिलालाई इनर्जी ड्रिङ्क्स सेवन नगर्न मन्त्रालयको आग्रह

काठमाडौँ– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गतको खाद्य प्रविधि तथा गुण

कोप–३१ का लागि नेपालको पोजिसन पेपर तयार : मन्त्री चौधरी

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्र संघीय

‘बुबाले कहिल्यै निर्मातासँग काम मागिदिनुभएन’, नातावादको बहसमा साराले खोलिन् मन

काठमाडौं– बलिउडमा स्टारका सन्तान हुनु अवसरको ढोका खोल्ने सजिलो माध्यम

‘गौैँथली’ लाई ‘वेस्ट फरेन सिनेमा’ को अवार्ड

काठमाडौँ–  ‘वल्र्ड फिल्म फेस्टिभल इन क्यान्स’ मा नेपाली कथानक चलचित्र

निर्वाचनपछि इरानमा आक्रमणको तयारी गर्दै अमेरिका, सतर्क रहन खाडी मुलुकलाई चेतावनी

काठमाडौँ- अमेरिकाले खाडी क्षेत्रका मुलुकहरूलाई आफ्नो मध्यावधि निर्वाचनपछि इरानविरुद्ध तीव्र सैन्य