आगलागीबाट एक सय दुईजनाको मृत्यु « Khabarhub

आगलागीबाट एक सय दुईजनाको मृत्यु


२७ चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


279
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गएको वैशाखदेखि यही चैतको तेस्रो सातासम्ममा आगलागीबाट नेपालमा एक सय दुईजनाको मृत्यु भएको छ । 

देशका विभिन्न क्षेत्रमा यो अवधिमा तीन हजार सात सय ९५ भन्दा बढी आगलागीका घटना भएकामा ती घटनामा एक सय दुईजनाको मृत्यु भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । 

आगलागीबाट सो अवधिमा चार हजार सात सय २५ परिवार प्रभावित भएका छन् । आगलागीबाट दुई अर्ब ३३ करोड बढीको क्षति भएको प्राधिकरणका प्रवक्ता गोमादेवी चेम्जोङले जानकारी दिए। उनले बीचमा पानी परेका कारण आगलागी घटे पनि पुनः फैलिन थालेकाले सचेत हुन अनुरोध गरेका छन् ।

यस वर्ष जाजरकोट भूकम्पबाहेक विपद्मा परेर मृत्यु हुने सबैभन्दा बढी आगलागीबाट रहेका छन् । 

सोही अवधिमा चट्याङबाट ४३ जनाको मृत्यु भएको छ । सर्पदंशबाट २०, हिमपहिरामा परेर १२, जनावरको आक्रमणबाट ४३, वन डढेलोबाट पाँच जनाको मृत्यु भएको प्राधिकरणको अभिलेखमा उल्लेख छ । 

वैशाखयताका विपद्जन्य घटनामा चार सय ७७ जनाको मृत्यु भइसकेको प्राधिकरणले जनाएको छ । 

प्रकाशित मिति : २७ चैत्र २०८०, मंगलबार  १२ : २८ बजे

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस ७ गते सोमबार तदनुसार

आज २०८२ साल पुस ७ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ७ गते सोमबार तदनुसार

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील