गैँडाको आक्रमणबाट एक जनाको मृत्यु « Khabarhub

गैँडाको आक्रमणबाट एक जनाको मृत्यु


२७ चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


549
Shares
  • change font
  • change font
  • change font

मध्यविन्दु नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोतीमा गैँडाको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ । 

कावासोती नगरपालिका–१० रतवल निवासी ९० वर्षीय ज्येष्ठ नागरिक जगरीमाया महतोको गैँडाको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दघाट सुस्तापूर्वका प्रहरी नायब निरीक्षक बेदबहादुर पौडेलले बताए।

कृष्णसार मध्यवर्ती सामुदायिक वनमा भेडा चराउने क्रममा आज दिउँसो १ बजेतिर गैँडाले आक्रमण गर्दा गम्भीर घाइते भएका महतोको उपचारको क्रममा मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २७ चैत्र २०८०, मंगलबार  ४ : ५६ बजे

कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक

काठमाडौं– नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधरहरूले आह्वान गरेको विशेष महाधिवेशनको

स्वास्थ्य बिमा सुधारका लागि सरकार प्रयासरत छ : स्वास्थ्यमन्त्री

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा शर्मा गौतमले स्वास्थ्य बिमा

प्रचण्ड पनि सञ्जय दत्तको फ्यान

काठमाडौं – व्यवसायिक कारणले दुई दिने नेपाल भ्रमणमा आएका सञ्जय

पश्चिम नेपालको नौ जिल्लाका कांग्रेस सभापतिको एकैस्वर- विशेष महाधिवेशनमा सहभागी नहुनू

काठमाडौं- पश्चिम नेपालका विभिन्न नौ जिल्लाका कांग्रेस सभापतिहरुले विशेष महाधिवेशनको

नेपालमा २७ देखि ४६ वर्ष उमेर समूहका व्यक्तिको औसत खर्चभन्दा आम्दानी बढी : सरकारी अध्ययन

काठमाडौं–  नेपालमा २७ देखि ४६ वर्ष उमेर समूहका व्यक्तिको औसत खर्चभन्दा