पूर्ण बहादुरको 'सारङ्गी'मा मुकुन अनुबन्धित | Khabarhub Khabarhub

पूर्ण बहादुरको ‘सारङ्गी’मा मुकुन अनुबन्धित


२७ बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्लो समय नेपाली फिल्म क्षेत्रका व्यस्त अभिनेता हुन् मुकुन भुषाल । थोरै फिल्ममा अभिनय गर्ने र छनोट गरेर मात्रै काम गर्न रुचाउने उनी फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’मा अनुबन्धित भएका छन् ।

अन्तर्राष्ट्रिय वितरण कम्पनी सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गर्न लागेको फिल्मका लागि निर्माणपक्षले मुकुनसँग केही दिन अघि मात्रै लिखित सम्झौता गरेको हो ।

फिल्ममा मुकुनको भूमिकाको बारेमा अहिले केही पनि खुलाइएको छैन। यता, फिल्मकालागि कलाकारहरूको रोचक लाइन अप तयार हुने क्रम जारी छ।

पहिलो फिल्म ‘बुलबुल’ बाट चर्चा कमाएर अलग छवि बनाएका अभिनेता मुकुनलाई आफूहरूले कल्पना गरेको पात्रलाई उम्दा गरेर देखाउने विश्वस्तका साथ अनुबन्धित गराइएको निर्माता विनोद पौडेलले जानकारी दिए । ‘पूर्ण बहादुरको सारङ्गी’मा पनि उनलाई शीर्षमध्येको भूमिका मध्य एक महत्त्वपूर्ण पात्रमा देख्न सकिने पौडेलको भनाइ छ।

सेभेन सिज सिनेमाको प्रस्तुतिमा बन्न लागेको यो फिल्ममा मुकुन अघि गायक तथा कलाकार प्रकाश सपुत अनुबन्धित भइसकेका छन् । उनीहरूलाई राखेर निर्माणपक्षले मौलिक कथाको एक गहन विषयलाई उठान गर्न लागेको बुझ्न सकिन्छ ।

सोसल–ड्रामा बन्ने फिल्मका लेखन तथा निर्देशन सरोज पौडेल हुन्। जेठको दोस्रो साताबाट छायांकनमा जाने तयारी गरेको फिल्मको लागि अभिनेता फाइनल भए पनि निर्माण पक्षले अभिनेत्री र अन्य कलाकारका बारेमा गोप्य राख्न चाहेका छन् ।

यो फिल्मको प्रदर्शन मिति आउँदो वर्षलाई तोकिएको छ। करिब दुई हप्ता अघि फिल्मको नाम र मोसन पोस्टर सार्वजनिक गरेको निर्माण टिमले फिल्मलाई विं.सं.२०८२ साल भित्र विश्व बजारमा प्रदर्शन गर्ने लक्ष्य राखेको छ ।

फिल्ममा विनोद पौडेल र प्याट्रिक सुवेदीको लगानी रहनेछ। रमेश चौलागाईं र हरि श्रेष्ठ फिल्मका कार्यकारी निर्माता हुन् । महेश दवाडीको पटकथा तथा संवाद रहन फिल्ममा प्रशान्त सिवाकोटीको संगीत रहने छ ।

फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’मा अनुबन्धित भएसँगै मुकुनले भने, ‘एउटा कलाकारमा फरक चरित्रको भोक सधैँ रहन्छ। मैले यसमा पाएको भूमिका साँच्चिकै विशेष छ। यसबाट सबैले केही नयाँ परिचय पाउनु हुने छ, फिल्मलाई लिएर उत्साहित छु ।’

प्रकाशित मिति : २७ बैशाख २०८१, बिहीबार  ११ : ५५ बजे

एमाले पार्टी कार्यालयमा शिक्षक महासंघको धर्ना (तस्बिरहरू)

काठमाडौं– शिक्षक महासंघले नेकपा एमालेको पार्टी कार्यालयमा धर्ना दिएका छन्

कोशीमा विविध कार्यक्रम गर्दै तीन दिनसम्म संविधान दिवस मनाइने

मोरङ– कोशी प्रदेश सरकारले विविध कार्यक्रमका साथ आगामी असोज ३

वीरगञ्जमा हैजाका ६४ जना बिरामी उपचाररत

वीरगञ्ज– यहाँस्थित नारायणी अस्पतालमा हैजाबाट सङ्क्रमित ६४ जना बिरामी उपचाररत

व्यावसायिक ड्रागनखेतीमा रमाउँदै भोजपुरका किसान

टक्सार–  सिँचाइ अभाव र बाँदरका कारण बाली लगाउन समस्या भएपछि

नेपाल साउथ अस्ट्रेलियासँग पराजित

काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टोली आफ्नो पहिलो अभ्यास खेलमा साउथ