कांग्रेसले स्व. नेता गुरुङको सम्मानमा पार्टीको झण्डा आधा झुकाउने « Khabarhub

कांग्रेसले स्व. नेता गुरुङको सम्मानमा पार्टीको झण्डा आधा झुकाउने


२७ बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


4.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसले पूर्वकेन्द्रीय सदस्य, संविधानसभा सदस्य एवं पूर्वमन्त्री सूर्यमान गुरुङको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको आज बसेको आकस्मिक बैठकले उनको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ ।

बैठकले नेता गुरुङको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ । साथै दिवङ्गत आत्माको चीरशान्तिको कामना साथ शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ ।

स्व गुरुङप्रति सम्मान प्रकट गर्दै बैठकले शोक कार्यक्रमअन्तर्गत वैशाख २७, २८ र २९ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र सबै जिल्ला कार्यालयमा झण्डा आधा झुकाउने निर्णय गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

त्यस्तै वैशाख २८ गते पार्टीको केन्द्र, प्रदेश तथा जिल्ला कार्यालय बन्द गर्ने, स्वर्गारोहणको १३ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयमा शोक पुस्तिका राख्ने र स्वर्गारोहणको १३औँ दिनमा सम्बन्धित जिल्लामा शोक सभाको आयोजना गर्ने निर्णय गरेको छ ।

नेता गुरुङको यही वैशाख २५ गते काठमाडौँ ज्ञानेश्वरस्थित हिमाल अस्पतालमा उपचारका क्रममा निधन भएको हो । विसं २०१४ को भद्र अवज्ञा आन्दोलनमा सहभागी भई कांग्रेसको राजनीतिक यात्रा प्रारम्भ गर्नुभएका स्व गुरुङलाई २०१७ सालमा प्रजातन्त्र अपदस्थ पछि तत्कालीन व्यवस्थाले पक्राउ वारेन्ट जारी गरेको थियो ।

तत्पश्चात् उनी भारतको दार्जिलिङ निर्वासित भई सशस्त्र सङ्गठनमा सक्रिय रहेका थिए । विसं २०१८ फागुन २२ गते च्याङथापुमा श्रीजङ्ग गुल्ममा आक्रमण गरी कब्जा गर्दाको समयमा र २०१८ साल चैत १७ गते ताप्लेजुङ अदालत, प्रहरी कार्यालय र जेल कब्जा गरी कैदीलाई मुक्त गरेको अभियोगमा उनलाई ट्रिबुनलले जन्म कैदको फैसला गरेको थियो ।

लोकतन्त्र स्थापनाका लागि गरिएका सङ्घर्षका क्रममा गुरुङले पटक पटक जेल जीवन, भारत निर्वासन, नजरबन्द, सम्पत्ति रोक्काजस्ता विविध व्यवधान बेहोरेका थिए ।

कांग्रेस ताप्लेजुङको पटक पटक जिल्ला सभापति, नेपाल आदिवासी जनजाति सङ्घका पूर्वकेन्द्रीय सभापति, नेपाल किसान सङ्घका पूर्वकेन्द्रीय महासचिव, कांग्रेस केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिको पूर्व सदस्यजस्ता विभिन्न पदीय जिम्मेवारीमा रहेर उनले कुशलतापूर्वक कार्य गरेका थिए ।

विसं १९९८ वैशाख १० गते पिता भगीमान गुरुङ र माता मनमाया गुरुङको सुपुत्रका रूपमा जन्मेका गुरुङले कांग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए । उनको सक्रिय योगदान पार्टीको इतिहासमा सदा स्मरणीय रहने पार्टी कार्यालयले जनाएको छ ।

नेता गुरुङको निधनप्रति दुःख व्यक्त गर्दै सभामुख देवराज घिमिरेले पशुपति आर्यघाट पुगेर श्रद्धाञ्जली अर्पण गरेका छन् ।

प्रकाशित मिति : २७ बैशाख २०८१, बिहीबार  ३ : ०६ बजे

दोलखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

दोलखा – दोलखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको

बङ्गलादेशमा सन् २०२४ को विद्रोहमा सामूहिक हत्या गरी गाडिएका चिहान उत्खनन सुरु

ढाका–  बङ्गलादेशी प्रहरीले गत वर्षको जनविद्रोहका क्रममा हत्या गरी परिवारको

सरकारले जेन-जी अगुवाको सरोकारलाई सकारात्मक रुपमा सम्बोधनको पहलकदमी लिन्छ : मन्त्री अर्याल 

काठमाडौं– जेन-जी आन्दोलनकर्मीहरुको मानव अधिकारको सम्बन्धमा गृह मन्त्रालय, महान्यायाधिवक्ताको कार्यालय, नेपाल

सोमबारदेखि मानव अधिकार महाभेला

पाटन– मानव अधिकारको विश्वव्यापी घोषणापत्रलाई स्थानीयकरण गरी नागरिक समाजका तर्फबाट