संविधान कार्यान्वयन भए मात्रै वास्तविक लाेकतन्त्र आउछ : सञ्चामन्त्री शर्मा « Khabarhub

संविधान कार्यान्वयन भए मात्रै वास्तविक लाेकतन्त्र आउछ : सञ्चामन्त्री शर्मा


२७ बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी गर्दाको समयमा जस्तै संविधान कार्यान्वयनमा पनि सबै एकजुट हुन आवश्यक रहेको बताएकी छन् ।

बिहीबार आयोजित ‘राष्ट्रिय महिला मादल बादन’ प्रतियोगिताका अवसरमा मन्त्री शर्माले संविधानमा भएको व्यवस्थालाई कार्यान्वयनमा ल्याएपछि मात्रै वास्तविक लोकतन्त्र आएको महसुस गर्न सकिने बताइन्  ।

यसका लागि राजनीतिकदेखि सांस्कृतिक क्षेत्रको उत्तिकै जिम्मेवारी रहेको उनको भनाइ थियो । जनयुद्धको समयमा मादलको भूमिका र महत्त्व स्मरण गर्दै मन्त्री शर्माले सो अवसरमा प्रतियोगितामा मादल बजाउने महिला सहभागीलाई हौसला दिइन् ।

‘हामीले धेरै पटक भाषण गर्दा पनि बुझाउन नसकिने कुरा कलाकार साथीहरूले मादल बजाएरै बुझाउन सक्नुहुन्थ्यो’, उनले भनिन्, ‘मादल हाम्रो मौलिक कला र संस्कृतिको पहिचान पनि हो र यसको संरक्षण गर्नु सबैको दायित्व हो ।’

कर्णाली कलाकार प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा तबला वादक सुमित्रा श्रेष्ठ, समाजसेवी सावित्री अधिकारी र लोक दोहोरी गायिका खगिसरा थापालाई ‘राष्ट्रिय नारी सम्मान–२०८१’ ले सम्मान गरिएको थियो ।

प्रकाशित मिति : २७ बैशाख २०८१, बिहीबार  ५ : १४ बजे

चन्द्रमामा ठोकियो स्पेसएक्स रकेटको टुक्रा

काठमाडौँ । स्पेसएक्स ९ रकेटको खेर गएको माथिल्लो भाग बुधबार

नेपाल टेलिभिजन अनियमितता प्रकरणको छानबिन प्रतिवेदन पेस

काठमाडौँ : नेपाल टेलिभिजन (हाल सार्वजनिक सेवा प्रशारण संस्था) ले विगतका

साथीभाइले आलोचना गर्नुभएछ, अध्यक्षज्यूले तपाईं नै काम गर्नु भन्नुभयो : हिक्मत कार्की (अन्तर्वार्ता)

हिक्मतकुमार कार्कीले आफूलाई कोशी प्रदेशको मुख्यमन्त्रीबाट हटाउनुपर्ने भए एमाले सचिवालय

निम्स दाइको अन्त्यष्टि लण्डनमा गरिने

काठमाडौँ । पाकिस्तानको काराकोरम हिमश्रृङ्खलाअन्तर्गत ब्रड पिकको हिमपहिरोमा परी निधन

शेख हसिनाको घोषणा : डिसेम्बरमा बंगलादेश फर्किन्छु

काठमाडौँ । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफू डिसेम्बरमा बंगलादेश फर्किने