विश्वकपमा अस्ट्रेलियाको लगातार दोस्रो जित : इंग्ल्याण्ड २६ रनले पराजित « Khabarhub

विश्वकपमा अस्ट्रेलियाको लगातार दोस्रो जित : इंग्ल्याण्ड २६ रनले पराजित


२७ जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


459
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आईसिसी टी-२० विश्वकप अन्तर्गत शनिबार राति भएको खेलमा जित निकाल्दै अस्ट्रेलिया समूह ‘बी’को शीर्ष स्थानमा उक्लिएको छ। विशाल रनको लक्ष्य दिएको अस्ट्रेलियाले इंग्ल्याण्डलाई ३६ रनले हराएको हो।

सुरुमा ब्याटिङ गरेको अस्ट्रेलियाले दिएको २०२ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्ड २० ओभरमा ६ विकेट गुमाउँदै १६५ रनमा समेटिएको हो।

अस्ट्रेलियाको जितका लागि एडम जाम्पा र प्याट कमिन्सले किफायती बलिङ गरे। कमिन्सले ४ ओभरमा २३ रन खर्चेर दुई विकेट लिँदा जम्पाले २८ रन खर्चेर समान दुई विकेट हात पारे।

इंग्ल्याण्डका लागि कप्तान जोस बटलरले सर्वाधिक ४२ रन बनाए। फिल साल्ट ३७, मोइन अली २५ रनमा आउट हुँदा ह्यारी ब्रुकले २० रन बनाए। अस्ट्रेलियाका लागि जोस हेजलवुड र मार्कस स्टोइनिसले एकएक विकेट हात पारे।

सुरुमा ब्याटिङ गरेको अस्ट्रेलियाले ७ विकेटको क्षतिमा २०१ रन बनाएको थियो। उसका लागि ओपनर ट्रेभिस हेड र डेभिड वार्नरले उत्कृष्ट सुरुवात गरेका थिए।

वार्नरले मात्र १६ बलमा दुई चौका र चार छक्का प्रहार गर्दै ३९ रन बनाए। हेडले १८ बलमा तीन छक्का र दुई चौकाको मद्दतमा ३४ रन जोडे।

कप्तान मिचेल मार्सले २५ बलमा ३५ रन बनाए भने मार्कस स्टोइनिसले ३० रन जोडे।

पहिलो खेलमा पहिलो बलमै आउट भएका ग्लेन म्याक्सवेलले दोस्रो खेलमा २८ रन जोड्दा म्याथ्यू वेडले १७ रन बनाए।

अस्ट्रेलियाको आक्रामक ब्याटिङलाई रोक्न इंग्ल्याण्डका लागि क्रिस जोर्डनले दुई विकेट लिए भने मोइन अली, जोफ्रा आर्चर, आदिल रसिद र लियाम लिभिङ स्टोनले एकएक विकेट हात पारे।

विश्वकपको यो समूहमा अस्ट्रेलिया, इंग्ल्याण्ड, स्कटल्याण्ड, नामिबिया र ओमान छन्।

अस्ट्रेलिया लगातार दुई जित निकाल्दै चार अंकसहित तालिकाको शीर्ष स्थानमा पुगेको छ। दुई खेलमा एक जित र एक खेलमा अंक बाँडेको स्कटल्याण्ड तीन अंकसहित तालिकाको दोस्रो स्थानमा छ। दुईमा एक खेल गुमाएको नामिबिया दुई अंकसहित तेस्रो स्थानमा छ। एउटा खेलमा अंक बाँडेर अर्को खेलमा पराजित भएको इंग्ल्याण्डले एक अंक जोडेको छ। ओमान अंकबिहीन छ।

प्रकाशित मिति : २७ जेठ २०८१, आइतबार  ५ : ४४ बजे

बंगालको खाडीबाट आउँदैछ ठूलो वर्षाको खतरा, असोज १० सबैभन्दा जोखिमपूर्ण

काठमाडौं- भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीको घाउ अझै

भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता

भक्तपुर– जिल्ला प्रहरी परिसर भक्तपुरले गत भदौ महिनामा विभिन्न अपराधसम्बन्धी

परराष्ट्रमन्त्री खनाल न्युयोर्कतिर (तस्बिरहरू)

काठमाडौं– संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको

२०औँ एसियाली खेलकुद : महिला भलिबलमा नेपाल विजयी

काठमाडौं– जापानमा भइरहेको २०औँ संस्करणको एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबलतर्फ

पहिरोले चिमखोला-घ्याँसीखर्क सडक अवरुद्ध

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिकाको चिमखोला-घ्याँसीखर्क सडक अवरुद्ध हुँदा जनजीवन प्रभावित