मधेशमा माओवादी दलका नेता हटाउन अविश्वास प्रस्ताव | Khabarhub Khabarhub

मधेशमा माओवादी दलका नेता हटाउन अविश्वास प्रस्ताव


२५ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4k
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– मधेश प्रदेशको नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता भरतप्रसाद साहलाई पदबाट हटाउन बहुमत सांसदले मधेस प्रदेश संसदीय दलको कार्यालयमा अविश्वासको प्रस्ताव दर्ता गराएका छन् । 

प्रदेशमा रहेको माओवादी केन्द्रका ९ जना सांसदमध्ये ६ जनाले हस्ताक्षर गरी अविश्वासको प्रस्ताव दर्ता गराएका हुन । प्रस्ताव दर्ता गराउनेमा माओवादी संसदीय दलका प्रमुख सचेतक फकिरा महतो, प्रदेशसभा सदस्यहरू जवाहर कुशवाहा, राजी हैदर, सुनिता यादव, मालाकुमारी कर्ण र रहबर अन्सारी रहेका छन् । उनीहरूले अविश्वासको प्रस्ताव संसदीय दलका उपनेता युवराज भट्टराईलाई बुझाएका हुन । 

दलको सम्पूर्ण सदस्य सङ्ख्याको कम्तीमा एक चौथाइ सदस्यले दलको नेतामाथि दलको विश्वास छैन भनी लिखित रूपमा प्रस्ताव दर्ता गराउन सकिने संसदीय दलको विधानमा उल्लेख छ । सोहीअनुसार प्रक्रिया अगाडि बढेको बताइएको छ । 

उपनेता भट्टराईले १५ दिनभित्र बैठक बोलाउन निर्देशन समेत दिइसकेका छन् ।

असन्तुष्ट पक्षले दलका नेता साहमाथि गुटबन्दी गरेको आरोप लगाएका छन् । हस्ताक्षरकर्तामध्येका एक जना सांसदका अनुसार नेता साहले सुरुदेखि नै पार्टीभित्र गुटबन्दी गरेको र अर्थमन्त्री भएपछि व्यापक अनियमितता गरेको आरोप लगाइएको छ । 

बजेट निर्माण गर्दा समेत पार्टीका कुनै पनि सांसद कुरा नसुनेको उनको भनाइ छ ।

प्रकाशित मिति : २५ असार २०८१, मंगलबार  २ : ४३ बजे

जिल्ला प्रशासन कार्यालय पर्वत देशभरिमै उत्कृष्ट

पर्वत– गृह मन्त्रालयको कार्यसम्पादन मूल्याङ्कनमा जिल्ला प्रशासन कार्यालय पर्वत देशभरिमै

बर्दिया र कैलालीको सान चिसापानी पुल (तस्बिरहरू)

कर्णाली– एउटा मात्रै पिल्लरबाट बनेको केबुल तारयुक्त पाँच सय मिटर

कांग्रेस केन्द्रीय समिति बैठकमा सदस्यहरूले धारणा राख्ने क्रम जारी रहने

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ ।

ग्रामीण सडक सञ्चालनमा आएपछि तिहारमा गाउँलेलाई सहज

बागलुङ– बागलुङका ग्रामीण सडक सञ्चालनमा आएपछि तिहारका बेला सर्वसाधारणलाई आवतजावत

महोत्तरीमा आज साँझ धनतेरस मनाउने तयारी

महोत्तरी– सौरमासको कात्तिक सङ्क्रान्तिकै दिन यसपालिको दीपावली (तिहार) पर्व सुरु