झलनाथको सर्पपालनमा भ्रष्टाचार : मधेशका पूर्व अर्थमन्त्री यादवलाई ९ वर्ष १ महिना कैद सजाय « Khabarhub

झलनाथको सर्पपालनमा भ्रष्टाचार : मधेशका पूर्व अर्थमन्त्री यादवलाई ९ वर्ष १ महिना कैद सजाय


२५ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


41.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) का ‘सम्मानित नेता’ झलनाथ खनालको नाममा स्थापित स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भ्रष्टाचारमा दोषी ठहर गरेर मधेश प्रदेशका पूर्व अर्थमन्त्री विजयकुमार यादवलाई नौ वर्ष एक महिना जेल सजाय हुने भएको छ । 

दाेषी ठहर गर्दै यादवलाई तीन करोड उनन्साठी लाख ६६ हजार ६ सय जरिवाना हुने फैसला भएको हो । त्यसैगरी विशेष अदालतले उनीबाट दुई करोड ३५ लाख २९ हजार ३८६ असुल गर्न पनि आदेश दिएको छ ।  

दोषी ठहर भएका झलनाथ खनाल, स्वास्थ्य विज्ञान प्रतिष्ठानका अध्यक्ष रेवतीप्रसाद पन्त, महासचिव नवराज भण्डारी, कोषाध्यक्ष नीरज भण्डारी देवेन्द्र राईलाई जनही ८८ वर्ष कैद सजाय हुने फैसला भएको छ ।

लालबन्दी नगरपालिकाका तत्कालीन प्रमुख मानबहादुर खड्का र मधेश सरकारका तत्कालीन सचिव प्रेमकुमार श्रेष्ठले भने सफाइ पाएका छन्‌ ।

आर्थिक मामिलामन्त्री यादव र लालबन्दी नगरपालिकाका प्रमुख मानबहादर खड्काले कानुनविपरीत झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग साझेदारी गरेको र बदनियतपूर्वक १७ करोड ९८ लाख ३३ हजार निकासा गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८० असोज २१ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो । सो प्रकरणमा आयोगले झण्डै १८ करोड रुपैयाँ मागदाबी गरेको छ ।

मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०७६-०७७ को बजेट वक्तव्यमा सर्लाहीको लालबन्दीमा रहेको प्रतिष्ठानसँग मिलेर सर्पको विष संकलन, प्रशोधन र उत्पादन केन्द्र स्थापना गर्ने जनाएको थियो ।

अदालतले यसअघि गत असार ११ गत फैसला सुनाउँदै उनीहरूलाई दोषी ठहर गरेर सजाय निर्धारणका आजलाई पेशी तोकेको छ ।

झलनाथको सर्पपालन : मधेशका तत्कालीन अर्थमन्त्रीसहित ५ जना भ्रष्टाचारी ठहर

प्रकाशित मिति : २५ असार २०८१, मंगलबार  ७ : ४२ बजे

बारामा ३ वर्षीया बालिका हत्यामा संलग्नलाई कडा कारबाही गर्न माग

काठमाडौं– सांसदहरुले बारा जिल्लाको सिमरामा ३ वर्षीया बालिकामाथि भएको जघन्य अपराधको

‘वालेन्द्र सरकार पाकिस्तानी मोडलमा चलिरहेको छ, विस्तारै उत्तर कोरियाली मोडलतर्फ जाँदैछ’

काठमाडौं- नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले वर्तमान

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टलाई विश्वासको मत

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत प्राप्त गरेका

भारत–बङ्गलादेश आर्थिक सहकार्यमा जोड

ढाका- भारत र बङ्गलादेशबीच कूटनीतिक सम्बन्धमा अनिश्चितता कायम रहे पनि दुवै

प्रधानमन्त्री एक्लिएको फेसबुके स्टाटसबारे रविको जवाफ : उहाँ त गीतकार पनि हो नि !

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले तत्कालै वालेन्द्र शाह