आजका समाचार : कुलमानले सुनाए तीन वर्षको प्रगति, माओवादी बैठकमा बंगलादेशको चर्चा, नेप्सेमा नयाँ रेकर्ड | Khabarhub Khabarhub

आजका समाचार : कुलमानले सुनाए तीन वर्षको प्रगति, माओवादी बैठकमा बंगलादेशको चर्चा, नेप्सेमा नयाँ रेकर्ड


२५ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 5 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

प्राधिकरणले गत आर्थिक वर्ष मात्रै कमायो १३ अर्ब ३१ करोड नाफा

नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्ष २०८०/८१ मा १३ अर्ब ३१ करोड रुपैयाँ नाफा कमाएको छ ।

प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले शुक्रबार पत्रकार सम्मेलन गर्दै यसबारेको जानकारी दिएका हुन् ।

अस्पतालमा बिरामीको लाइन अन्त्य गराउन प्रधानमन्त्री चासो

प्रधानमन्त्री केपी शर्मा ओलीले अस्पतालहरूमा उपचारका लागि बिरामी लाइन लाग्ने अवस्थाको अन्त्य गराउने विषयमा चासो दिएका छन् ।

स्वास्थ्य क्षेत्रका समस्या, समाधानका उपाय र तत्काल गर्न सकिने सुधारका विषयमा बिहीबार साँझ सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले बिरामीलाई बिनालाइन र भञ्झट सहजरुपमा उपचार सेवा दिने प्रबन्ध गर्न के गर्नुपर्छ भनेर सोधेका हुन् ।

कांग्रेसले भन्यो- बंगलादेशमा हिन्दू-बौद्ध अल्पसंख्यकमाथिको आक्रमण चिन्ताजनक

प्रमुख सत्तारुढ नेपाली कांग्रेसले छिमेकी मुलुक बंगलादेशमा केही सातादेखि विकसित भइरहेको राजनीतिक घटनाक्रमलाई नजिकबाट नियालिरहेको जनाएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकबारे जानकारी दिँदै मुख्यसचिव कृष्णप्रसाद पौडेलले बंगलादेशको राजनीतिक अवस्थाबारे पार्टी गम्भीर रहेको जनाएका हुन् ।

जनतालाई अधिकार सम्पन्न बनाउन कांग्रेस-एमालेको सरकार बन्यो : उपप्रधानमन्त्री सिंह

उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले जनतालाई अधिकार सम्पन्न बनाउनका लागि संसदका दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनाएको बताएका छन् ।

शुक्रबार काठमाडौंमा ३०औँ विश्व आदिवासी दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि रहेका उपप्रधानमन्त्री सिंहले यस्तो बताएका हुन् ।

उपप्रधानमन्त्री सिंह भन्छन्- विधि र प्रक्रियाबाटै संविधान संशोधन हुन्छ

मन्त्री भण्डारीले गरे विशाखापट्टनम पोर्टको अनुगमन

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले भारतको आन्ध्र प्रदेशस्थित विशाखापट्टनम पोर्टको शुक्रबार अनुगमन गरेका छन् । उनले अनुगमनका क्रममा त्यहाँका आयात नियमन गर्ने पोर्टका आधिकारिक व्यक्ति र शिपिङ कम्पनीसँग अन्तरक्रियासमेत गरेको उनको सचिवालयले जनाएको छ ।

त्यस अवसरमा मन्त्री भण्डारीले आयात तथा निर्यातकर्तासँग नेपाल आयात हुने वस्तु तथा सेवा र निर्यातका पक्षबारे छलफल गरेका थिए । उनलाई आयात तथा निर्यातकर्ताले नेपाल सरकारले गर्नुपर्ने आवश्यक सहायताका विषयमा ध्यानाकर्षण गराए ।

पर्यटनमन्त्रीले पूर्वमन्त्रीसँग भने- नियामक र सेवा प्रदायक निकायलाई छुट्याऊँ

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले पूर्व पर्यटन मन्त्रीहरूसँग छलफल गरेका छन् ।

छलफलमा पूर्व पर्यटनमन्त्रीहरूले नेपाल नागरिक उड्डयन ऐनमा नियामक निकाय र सेवा प्रदायक निकायहरू एक साथ राख्न नहुने बताउँदै यिनीहरूलाई अलग अलग बनाउनु पर्नेमा जोड दिएका छन् ।

संसदीय समितिले लिन थाल्यो ठगीमा संलग्न सहकारी सञ्चालकहरूको बयान

सहकारी हिनामिना प्रकरणमा जोडिएका सञ्चालक समितिका सदस्य र पदाधिकारीहरूसँग बयान लिन सुरु गरिएको छ ।

सहकारीको बचत रकम अपचलनसम्बन्धी छानबिन गर्न गत जेठ १५ गते नेकपा एमालेका सांसद सूर्यबहादुर थापाको संयोजकत्वमा गठित संसदीय समितिले शुक्रबारदेखि बयान लिन थालेको हो ।

समिति सदस्य सरिता भुसालका अनुसार शुक्रबार गौतम श्री बहुउद्देश्य सहकारी संस्था लिमिटेड, लालीगुराँस बहुउद्देश्य सहकारी संस्था लिमिटेड र गोरखा बचत सहकारी संस्थासँग जोडिएका विभिन्न व्यक्तिहरूको बयान थालिएको हो ।

एमाले सांसद थापाको संयोजकत्वमा बनेको ७ सदस्यीय छानबिन समितिले अन्य छानबिन प्रक्रिया सकिसकेपछि सञ्चालहरूलाई बयान लिन थालेको हो ।

कानुनमन्त्रीले भने- कानुन संशोधनबाट बलात्कारलाई वर्गीकरण गरौँ

कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले जबरजस्ती करणीलाई वर्गीकरण गर्नुपर्ने बताएका छन् ।

शुक्रबार प्रतिनिधि सभाअन्तर्गत कानुन न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्ने क्रममा उनले यस्तो बताएका हुन् ।

टीआरसी विधेयक साउन २९ को बैठकमा पेस गर्न सभामुखलाई पत्र

संघीय संसद्को कानून, न्याय तथा मानवअधिकार समितिले सत्यनिरुपण तथा वेपत्ता पारेका व्यक्तिको छानबिन गर्न बनेको विधेयक (टीआरसी) लाई आगामी बैठकमा पेस गर्न पत्राचार गरेको छ ।

शुक्रबार सभामुख देवराज घिमिरेलाई भेटेर समितिकी सभापति विमला सुवेदीसहितको टोलीले संसदीय समितिबाट सर्वसम्मत पारित विधेयक पहिलो बैठकमै पेश गर्न भनेकी हुन् । प्रतिनिधि सभा बैठक साउन २९ गते बस्दैछ ।

माओवादी बैठकमा प्रचण्डको ब्रिफिङ : बंगलादेशबाट शिक्षा लिएर जनताका कुरा सुनौँ

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक शुक्रबारदेखि सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाडाँमा बसेको बैठकमा विभिन्न चार एजेन्डामा छलफल सुरु भएको प्रवक्ता एवम् उपाध्यक्ष अग्नि सापकोटाले बताए ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो राजनीतिक विकसित घटनाक्रमबारे ब्रिफिङ गरेका थिए । उनले पार्टीको वैचारिक, राजनीतिक, सांगठनिक परिस्थिति र कार्यभार तथा विविध एजेन्डा छलफलका लागि आफ्ना कुरा राखेको सापकोटाले बताए ।

सुदूरपश्चिममा पाँचौँ अधिवेशन आह्वान, विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री शाह

सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश सभाको पाँचौँ अधिवेशन आह्वान गरेको छ ।

प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख नजिर मियाँले साउन २७ गते दिउँसो २ बजेको लागि प्रदेश सभा बैठक आह्वान गरेका हुन् ।

जम्बो मन्त्रिपरिषद्‍ले विवादमा मधेशका मुख्यमन्त्री, जनमतले सोध्यो स्पष्टीकरण

डा. सीके राउत नेतृत्वको जनमत पार्टीले मधेश प्रदेशका मुख्यमन्त्री सतिसकुमार सिंहसँग स्प्रष्टीकरण सोधेको छ ।

मधेश प्रदेश सरकारको मन्त्रिपरिषद्मा आवश्यकताभन्दा दोब्बर सदस्य राखेपछि उनलाई जनमतले स्पष्टीकरण सोधेको हो ।

उपप्रमुख डंगोल भन्छिन्- महानगरमा दर्ता भएका ६१ प्रतिशत विवाद मिलायौँ

काठमाडौं महानगरपालिकाकी उपप्रमुख एवमम् न्यायिक समिति संयोजक सुनिता डंगोलले ४३ हजार बढीलाई नि:शुल्क कानुनी सहायता दिएको बताएकी छन् ।

महानगरपालिकाको कानुन तथा मानव अधिकार विभागले गरेको ‘विवाद व्यवस्थापनमा वडा कार्यालयको भूमिकासम्बन्धी अभिमुखीकरण’ कार्यक्रमको शुक्रबार उद्घाटनका क्रममा उनले यसो भनेकी हुन् ।

एनसेल प्रकरणमा उपेन्द्र महतोको खण्डन : उजुरीको हक सुरक्षित छ

व्यवसायी उपेन्द्र महतोले एनसेलसँग जोडेर खबरहबमा प्रकाशित समाचारले आफ्नो व्यक्तिगत प्रतिष्ठामा आँच आएको भन्दै त्यसको खण्डन गरेका छन् । महतोले यसबारे आफूलाई सरकारी निकायमा जाहेरी या फिराद दिने हक सुरक्षित रहेको बताएका छन् ।

गत साउन ११ गते खबरहबमा प्रकाशित ‘एनसेल प्रकरण : उपेन्द्र महतोलाई कारवाही गर्न सिफारिस’ शीर्षकको समाचारप्रति आपत्ति जनाउँदै महतोले प्रेस काउन्सिलमा खण्डन छपाई पाउँ भन्दै उजुरी दिएका छन् ।
सरकारले सचिव टंकमणि शर्माको संयोजकत्वमा गठन गरेको छानविन प्रतिवेदनमा रहेको तथ्यमा टेकेर खबरहबले उक्त समाचार प्रकाशित गरेको थियो । समाचार प्रकाशनपूर्व खबरहबले फोन र एसएमएसमार्फत प्रतिक्रिया माग्दा महतो सम्पर्कमा आउन चाहेका थिएनन् ।

कारोबारमा नयाँ रेकर्ड राख्दै साताभर १० अंकले बढ्यो नेप्से

काठमाडौंमा मनाइयो आदिवासी दिवस (तस्बिरहरू)

३०औँ अन्तर्राष्ट्रिय आदिवासी दिवसको अवसरमा काठमाडौंमा आदिवासी जनजातिहरूले झाँकीसहितको र्‍याली निकालेका छन् ।

आदिवासी तथा जनजातिका विभिन्न संस्थाहरूले आफ्नो परम्परा र संस्कृति झल्किने पहिरन लगाएर बाजागाजा र नाचगानसहित र्‍याली निकालेका हुन् ।

आदिवासी जनजातिको अधिकार स्थापित गर्न सरकार प्रतिवद्ध छ : मन्त्री पाण्डे

अन्तर्राष्ट्रिय…

बंगलादेशका हिन्दूसहित अल्पसंख्यकको पक्षमा भारतको नयाँ कदम

भारतले बंगलादेशमा जारी अशान्ति र तनावपूर्ण अवस्थाको निगरानीका लागि एक समिति बनाउने निर्णय गरेको छ ।

यो समिति बंगलादेशी हिन्दूहरूको सुरक्षा सुनिश्चित गर्ने प्रयासमा जुट्ने छ।

मोहम्मद युनुसलाई पाकिस्तानी प्रधानमन्त्रीले शरिफले दिए बधाई

रूसले ८ महिनाअघि नै दिएको थियो बंगलादेशमा शेख हसिनाको सत्ता ढल्ने सूचना

जापानका प्रधानमन्त्री किशिदाले गरे विदेश भ्रमण रद्द

खेलकुद…

एएफसी च्यालेन्ज लिगको प्लेअफकाे तयारी अन्तिम चरणमा

ओलम्पिकमा भारतलाई पछि पार्दै पाकिस्तानले जित्यो स्वर्ण

पेरिस ओलम्पिक : शीर्ष स्थानको अमेरिकाले कटायो सय पदक

प्रकाशित मिति : २५ श्रावण २०८१, शुक्रबार  ८ : ०१ बजे

विश्वकर्मा पूजाको लागि मूर्ति बनाउन भ्याइनभ्याइ

कैलाली – विश्वकर्माको पूजा आउन एक दिन बाँकी रहँदा यहाँ

मेटमणीलाई कारबाहीको माग गर्दै झलनाथले भने : भारतीय नागरिक हुन की नेपाली ?

काठमाडौं – नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले पार्टीका

सन्दीपले दिलाए नेपाललाई दोस्रो सफलता

काठमाडौं – आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक ओडीआई सिरिजमा क्यानडाविरुद्ध

जात्रामय हनुमानढोका (तस्बिरहरू)

काठमाडौं – इन्द्र जात्रा सुरु भएसँगै हनुमानढोका दरबार क्षेत्र जात्रामय

६७ जना सशस्त्र प्रहरी सहायक निरीक्षक दीक्षित

गण्डकी – सशस्त्र प्रहरी बल नेपाल, हुल तथा दङ्गा व्यवस्थापन