पाँचथर बम विस्फोटबारे गृहमन्त्रीले जवाफ दिनुपर्छ : एमाले  « Khabarhub

पाँचथर बम विस्फोटबारे गृहमन्त्रीले जवाफ दिनुपर्छ : एमाले 


२४ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


333
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले पाँचथरको फालेलुङमा भएको विस्फोटबारे संसदमा गृहमन्त्रीको जवाफ मागेका छन् ।

सोमबारको  प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले गृहमन्त्री रमेश लेखकको जवाफ मागेका हुन् ।   बर्तौलाले गम्भीर प्रकृतिको घटनामा गृहमन्त्रीले संसदमा आएर जवाफ दिन माग गरेका हुन् ।

उनले भने, ‘सशस्त्र द्वन्द्वको समयमा छाडिएको बम विष्फोट भएको कुरा आइरहेकाले त्यसको जिम्मेवारी कसले लिने ? गृहमन्त्रीको जवाफ चाहान्छु ।’

के हो घटना ? 

पाँचथरको फालेलुङ गाउँपालिका–५ प्राङवुङको डाडागाउँ टोलमा बिहीबार विस्फोटक पदार्थ पड्किँदा दुई बालबालिकाको मृत्यु भएको थियो ।

स्थानीय दिलीप साँवाका ११ वर्षीय छोरा दिप्सन र अढाई वर्षीया छोरी प्रिन्साको बम पड्किँदा ज्यान गएको हो ।

जिल्ला अस्पताल पाँचथरमा बिहीबार उपचार सम्भव नभएपछि झापाको बी एण्ड सी अस्पताल लाँदै गर्दा प्रिन्साले बाटैमा प्राण त्यागेकी थिइन । यस्तै दाजु दिप्सन साँवाको बिर्तामोडस्थित बी एन्ड सी अस्पतालका चिकित्सकले मृत घोषित गरे ।

दिप्सन र प्रिन्सा छिमेकी ज्ञानबहादुर राईका ११ वर्षीय छोरा पवनसँग खेल्न गएका थिए । ज्ञानबहादुरको परिवार माओवादी कार्यकर्तासमेत रहेका आइतराज केरुङको घरमा १० वर्षदेखि बस्दै आएको थियो ।

घटनामा दुई बालबालिका घाइते भएका थिए घाइते भएका फालेलुङ५ डाँडागाँउका पवन र दिप्सन राईको उपचार कीर्तिपुर अस्पतालको वर्न अस्पतालमा भइरहेको छ ।

शनिबार अस्पताल पुगेर दुई बालकको उपचारको सम्पूर्ण जिम्मा सरकारले लिने स्वास्थ्य मन्त्री प्रदीप पौडेलले प्रतिबद्धता गरेका छन् ।

यो पनि…

पाँचथर बम विस्फोट : घाइतेको उपचारको जिम्मा लियो सरकारले

बम पड्किएको घर माओवादीको सेल्टर, सेना पनि पुगिरहन्थ्यो

प्रकाशित मिति : २४ भाद्र २०८१, सोमबार  २ : ४७ बजे

अर्थमन्त्री वाग्ले भारत भ्रमण सकेर स्वदेश फर्किए

काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर

मध्यावधि चुनावअघि ट्रम्पले सार्वजनिक गरे २५ ‘शीर्ष उपलब्धि’

वासिङटन – राष्ट्रपति डोनाल्ड ट्रम्पले शरणार्थी भर्ना पूर्ण रूपमा रोकेको

कोरला नाकाबाट भित्रिन थाले भेडाच्याङ्ग्रा

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकाबाट पहिलो पटक भेडाच्याङ्ग्रा भित्रन

देवानगञ्ज घटनाबारे प्रहरीको आग्रह – यथार्थ बुझेर मात्र समाचार सम्प्रेषण गर्नू

इनरुवा – सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बीपी चोकमा भएको झडपको

काठमाडौं उपत्यकामा राति चल्ने बस बढाइयो, ६ रुटमा २८ विद्युतीय बस (तस्बिरहरू)

काठमाडौं – साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा