चीन र भारतसँग सन्तुलित परराष्ट्र सम्बन्ध : एमाले « Khabarhub

चीन र भारतसँग सन्तुलित परराष्ट्र सम्बन्ध : एमाले


२४ कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं नेकपा एमालेले चीन र भारतसँग असल, सन्तुलित र राष्ट्रिय हितमा आधारित परराष्ट्र सम्बन्धलाई अगाडि बढाउनुपर्नेमा जोड दिएको छ ।

ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा शनिबार बसेको एमालेको सचिवालय बैठकले दुवै छिमेकीसँग असल, सन्तुलित र राष्ट्रिय हितमा आधिकारिक परराष्ट्र सम्बन्धलाई अगाडि बढाउनुपर्छ भन्ने कुरामा हामीले जोड दिएको हो । 

‘सरकारले बदलिँदो राजनीतिको विश्वको बहावलाई ध्यानमा राख्दै राष्ट्रिय हितलाई केन्द्रबिन्दुमा राखेर दुवै छिमेकीसँग असल, सन्तुलित र राष्ट्रिय हितमा आधिकारिक परराष्ट्र सम्बन्धलाई अगाडि बढाउनुपर्छ भन्ने कुरामा हामीले जोड दिएका छौँ,’ बैठकपछि एमाले उपमहासचिव प्रदीप ज्ञवालीले भने ।  

उनले सचिवालय बैठकमा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणका विषयमा पनि छलफल गरिएको जानकारी दिए । 

‘डिसेम्बरको पहिलो हप्ता हुने प्रधानमन्त्रीज्यूको चीनको भ्रमणका बारेमा पनि केही छलफलहरू गर्‍यौँ,’ ज्ञवालीले भने, ‘अधिकतम राष्ट्रिय हितमा रूपान्तरित गर्नका लागि सरकारलाई सफलता प्राप्त होस् भन्ने शुभेच्छा पनि व्यक्त गरेका छौँ ।’

ज्ञवालीले संसद्को ठूलो दल नेपाली कांग्रेससँगको सहकार्यमा बनेको एमाले नेतृत्वको सरकारको चार महिने कार्यकालका बारेमा पनि समीक्षा गरिएको बताए । 

‘सरकारको चार महिने कार्यकालको समीक्षा गरेका छौँ,’ उनले भने, ‘सरकारले आधारभुत रुपमा ठीक ढंगले काम गर्दै अगाडि बढिरहेको, मुख्य दुई दलबीचको समझदारीलाई अझै सुदृढ गर्दै लैजानका निम्ति सरकारलाई सफलता प्राप्त होस् भन्ने कुरामा पनि हामीले जोड दिएका छौँ ।’

उपनिर्वाचनका लागि प्रदेश कमिटीहरूले सिफारिस गरेका उम्मेदवारहरूको नाम सचिवालय बैठकले अनुमोदन गरेको उपमहासचिव ज्ञवालीले जानकारी दिए ।

प्रकाशित मिति : २४ कार्तिक २०८१, शनिबार  ३ : ५७ बजे

भोटेकोशी बाढी अपडेट: १३ सय ४४ शव भेटिए, चार हजार ८९८ बेपत्ता

काठमाडौँ – नेपाल प्रहरीले रसुवाको भोटेकोशीमा आएको बाढी सम्बन्धी खोज,

लिभरपुलको जितमा ९ मिनेटभित्र दुई गोल

लन्डन– एलेक्सान्डर इसाकको दुई गोल र कोडी गाक्पोको उत्कृष्ट प्रदर्शनको

हिमताल विस्फोटको हल्लामा नपर्न पूर्वसूचना केन्द्रको आग्रह

काठमाडौँ – नुवाकोट र रसुवा जिल्लामा हिमताल विस्फोट भई भोटेकोशी

हेटौँडा-काठमाडौँ वैकल्पिक सडक सञ्चालनको तयारी

हेटौँडा – बागमती प्रदेश सरकारले हेटौँडा–काठमाडौँ आवागमन सहज बनाउन भीमफेदी–कोगटे–ईपा–सिस्नेरी

कृष्णभीरमा सडक भासिएपछि उपत्यका बाहिर ग्यास भर्न थालियो : कसरी हुँदैछ ‘बोटलिङ’ ?

चितवन – पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि काठमाडौँ उपत्यकामा हुन