चीन र भारतसँग सन्तुलित परराष्ट्र सम्बन्ध : एमाले « Khabarhub

चीन र भारतसँग सन्तुलित परराष्ट्र सम्बन्ध : एमाले


२४ कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं नेकपा एमालेले चीन र भारतसँग असल, सन्तुलित र राष्ट्रिय हितमा आधारित परराष्ट्र सम्बन्धलाई अगाडि बढाउनुपर्नेमा जोड दिएको छ ।

ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा शनिबार बसेको एमालेको सचिवालय बैठकले दुवै छिमेकीसँग असल, सन्तुलित र राष्ट्रिय हितमा आधिकारिक परराष्ट्र सम्बन्धलाई अगाडि बढाउनुपर्छ भन्ने कुरामा हामीले जोड दिएको हो । 

‘सरकारले बदलिँदो राजनीतिको विश्वको बहावलाई ध्यानमा राख्दै राष्ट्रिय हितलाई केन्द्रबिन्दुमा राखेर दुवै छिमेकीसँग असल, सन्तुलित र राष्ट्रिय हितमा आधिकारिक परराष्ट्र सम्बन्धलाई अगाडि बढाउनुपर्छ भन्ने कुरामा हामीले जोड दिएका छौँ,’ बैठकपछि एमाले उपमहासचिव प्रदीप ज्ञवालीले भने ।  

उनले सचिवालय बैठकमा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणका विषयमा पनि छलफल गरिएको जानकारी दिए । 

‘डिसेम्बरको पहिलो हप्ता हुने प्रधानमन्त्रीज्यूको चीनको भ्रमणका बारेमा पनि केही छलफलहरू गर्‍यौँ,’ ज्ञवालीले भने, ‘अधिकतम राष्ट्रिय हितमा रूपान्तरित गर्नका लागि सरकारलाई सफलता प्राप्त होस् भन्ने शुभेच्छा पनि व्यक्त गरेका छौँ ।’

ज्ञवालीले संसद्को ठूलो दल नेपाली कांग्रेससँगको सहकार्यमा बनेको एमाले नेतृत्वको सरकारको चार महिने कार्यकालका बारेमा पनि समीक्षा गरिएको बताए । 

‘सरकारको चार महिने कार्यकालको समीक्षा गरेका छौँ,’ उनले भने, ‘सरकारले आधारभुत रुपमा ठीक ढंगले काम गर्दै अगाडि बढिरहेको, मुख्य दुई दलबीचको समझदारीलाई अझै सुदृढ गर्दै लैजानका निम्ति सरकारलाई सफलता प्राप्त होस् भन्ने कुरामा पनि हामीले जोड दिएका छौँ ।’

उपनिर्वाचनका लागि प्रदेश कमिटीहरूले सिफारिस गरेका उम्मेदवारहरूको नाम सचिवालय बैठकले अनुमोदन गरेको उपमहासचिव ज्ञवालीले जानकारी दिए ।

प्रकाशित मिति : २४ कार्तिक २०८१, शनिबार  ३ : ५७ बजे

चुरे क्षेत्रको अवैध उत्खनन रोक्न अनुगमन

सिरहा – सिरहाको धनगढीमाई, गोलबजार र मिर्चैया नगरपालिकामा पर्ने चुरे

राजनीतिक दललाई निर्वाचन आयोगको २० बुँदे निर्देशन (पूर्णपाठसहित)

काठमाडौं- निर्वाचन आयोगले आगामी माघ ११ मा हुने राष्ट्रियसभा सदस्य

संयुक्त बैठकले निर्वाचनको बलियो वातावरण बनेको छ : सञ्चारमन्त्री खरेल

काठमाडौ – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरकार, प्रमुख

सर्वदलीय बैठकमा रास्वपाले प्रधानमन्त्रीसँग माग्यो रवि लामिछानेबारे सरकारको धारणा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछानेबारे वर्तमान

कांग्रेस सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौं – नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले