हुम्लामा हिमपात, जनजीवन प्रभावित (तस्बिरहरू) | Khabarhub Khabarhub

हुम्लामा हिमपात, जनजीवन प्रभावित (तस्बिरहरू)


२४ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

हुम्ला– हिमाली जिल्ला हुम्लामा यस वर्ष पहिलोपटक हिमपात भएको छ । आइतबार साँझदेखि मौसममा आएको फेरबदलका साथै दिउँसो हावाहुरी सुरु भएपछि गए रातिदेखि हिमपात सुरु भएको हो ।

आज बिहानसम्म सदरमुकाम सिमकोटमा तीन इञ्च हिउँ जमेको छ भने उत्तरी नाम्खा गाउँपालिकाको उच्च भेगमा रहेको लिमीलगायतका क्षेत्रमा एक फिट हिउँ जमेको लिमी स्वास्थ्यचौकीमा कार्यरत लोग बोहराले बताए ।

यस वर्ष ढिला गरी जिल्लामा हिमपात सुरु भएसँगै यहाँका किसान खुसी भएका छन् । हुम्लीवासीले हिमपातपछि मौसम ठीक हुने र खेती सप्रिने विश्वास समेत राखेका छन् । हिमपातले गहुँ, जौ र उवा खेतीलाई राम्रो हुने भन्दै किसान खुसी भएका छन् ।

हिमपातपछि सदरमुकाम सिमकोट र आसपासका डाँडाकाँडा सेताम्मे भएका छन् भने जनजीवन प्रभावित भएको छ ।

उत्तरी नाम्खाका चाला, लिमी, हिल्सा, यारीलगायतका क्षेत्रको जनजीवन प्रभावित भएको छ । हिमपातसँगै चिसो बढेको छ भने हुम्लाको तापक्रम यसअघि नै माइनसमा झरिसकेको छ ।

तस्बिरहरू : रासस

प्रकाशित मिति : २४ मंसिर २०८१, सोमबार  ७ : ५६ बजे

अब अबुधाबीबाट पनि श्रम स्वीकृति

काठमाडौं– सरकारले संयुक्त अरब इमिरेट्स (युएई)बाट पनि श्रम स्वीकृति प्रदान

एकीकृत समाजवादीको स्थायी कमिटी र पोलिटब्यूरो बैठक आह्वान

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले यही फागुन ६ र

भद्रपुर मालपोतद्वारा ४४ करोड ५० लाख राजस्व संकलन

भद्रपुर– यहाँस्थित भूमिसुधार तथा मालपोत कार्यालयले चालु आर्थिक वर्षको सात

अन्तरिक्षको सम्भावनाको कुरा गर्दै मोदीले गरे ट्रम्पलाई भारतमा स्वागत

न्युयोर्क – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको

सडक स्तरोन्नति नहुँदा बाँसखर्कका किसान मर्कामा

म्याग्दी– सडक स्तरोन्नति नहुँदा म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको