भरखरै रोपिएको समाजवादको भ्रूणलाई बढाउँदै लैजाऔँ : प्रचण्ड « Khabarhub

भरखरै रोपिएको समाजवादको भ्रूणलाई बढाउँदै लैजाऔँ : प्रचण्ड


२४ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा समाजवादको भ्रूण रोपिसकिएको उल्लेख गर्दै अब यसलाई अघि बढाउँदै लैजानुपर्ने बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले समाजवादीको भ्रूण रोपिएकाले यसलाई बढाउँदै लैजाने अबको दायित्व भएको बताएका हुन् ।

विगतको गम्भीर समीक्षा गर्दै पार्टी र आन्दोलनलाई नयाँ शीराबाट अघि बढाउन प्रण गरेको उल्लेख गर्दै उनले सबैलाई यसमा सहयोग गर्न पनि आग्रह गरे ।

अध्यक्ष प्रचण्डले आफ्नो तेस्रो प्रधानमन्त्रीत्व कालमा सुरु गरेका सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिका एजेण्डाबाट नै समृद्धिको भ्रूण रोप्ने काम गरिएको उनले स्पष्ट गरे ।

२०६४ सालमा जनताले गरेको विश्वास र भरोसा कायम राख्न नसकेको उल्लेख गर्दै उनले पार्टीलाई एकताबद्ध गरेर जनभावनाको उच्च सम्मान गर्दै विकास र समृद्धिमा अगाडि जान नसक्दा आन्दोलन पछि परेको बताए ।

‘विगतमा राम्रो गर्न खोज्दाखोज्दै पनि केही ठाउँमा आत्मसमीक्षा गर्ने ठाउँमा पुगेकै छौं’ प्रचण्डले भने– ‘हामीले हाम्रा एजेण्डालाई जसरी दृढतापूर्वक अगाडि बढाउनुपर्ने थियो, त्यसमा कमजोरी भयो । हाम्रो वर्ग र समुदायप्रतिको निष्ठा र लगाव कमजोर हुँदै गयो । यसको गहिरो आत्मसमीक्षा गर्ने ठाउँमा हामी आइपुगेका छौं ।’

आफूहरुले गणतन्त्र नेपालको पहिलो सरकारको नेतृत्व केही मध्यपहाडी लोकमार्गलगायतका केही पूर्वाधार विकासको क्षेत्रमा महत्त्वपूर्ण थालनी र गरिब किसानको पक्षमा ऋण मोचनजस्ता काम गरे पनि पार्टी एकतालाई अक्षुण्ण राख्न नसक्दा ती उपलब्धि जनताको बीचमा लैजान नसकेको उनले बताए ।

यो सबै परिस्थितिमा पार्टी पुनर्गठन र पुनर्निर्माणको सवालमा बैठकहरू हुने छलफल हुने तर उल्लेख्य प्रगति नहुने बरु दिनप्रतिदिन पार्टी र आन्दोलन कमजोर हुँदै जाने अवस्थाबाट पाठ सिकेर नै आफूले तेस्रो कार्यकाललाई नयाँ ढंगले बढाउँदा पार्टी र आन्दोलनमा नै पुनर्जागरण सुरु भएको उनले स्पष्ट पारे ।

प्रकाशित मिति : २४ मंसिर २०८१, सोमबार  ५ : ०९ बजे

मंगलाघाटमा बस्ती संरक्षण योजना कार्यान्वयनमा

म्याग्दी– म्याग्दी नदीको बाढी र कटानको जोखिममा रहेको बेनी नगरपालिका–७

मंगलाघाटमा बस्ती संरक्षण योजना कार्यान्वयनमा

म्याग्दी– म्याग्दी नदीको बाढी र कटानको जोखिममा रहेको बेनी नगरपालिका–७

राष्ट्रियसभा बैठक आधा घण्टाका लागि स्थगन

काठमाडौं– राष्ट्रियसभाको आजको बैठक आधा घण्टाका स्थगित गरिएको छ। बैठकमा

‘पेन्सन पट्टा’को पोस्टरमा दयाहाङ र गौमाया

काठमाडौं – नायक दयाहाङ राई र नायिका गौमाया गुरुङलाई केन्द्र

असार १५ : भक्तपुरमा जुजु धौको माग उच्च

भक्तपुर– आज असार १५ । नेपाली संस्कृति र परम्पराअनुसार आजको