‘वायु प्रदूषणको स्रोत पहिचान र नियन्त्रणमा निगरानी आवश्यक’ « Khabarhub

‘वायु प्रदूषणको स्रोत पहिचान र नियन्त्रणमा निगरानी आवश्यक’


२४ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले वायु प्रदूषणको स्रोत पहिचान गरी त्यसको नियन्त्रणमा कडा निगरानी राख्न आवश्यक रहेकामा जोड दिएका छन् ।

सोमबार आयोजित एशिया–प्रशान्त क्षेत्रीय वायु प्रदूषणसम्बन्धी क्षेत्रीय कार्यशाला गोष्ठीको उद्घाटन सत्रमा बोल्दै उनले वायु प्रदूषण न्यूनीकरणमा सबैको सहकार्य हुनुपर्ने बताए।

‘हरेक वर्ष झैँ, जाडो मौसमको सुरुआत सँगै नेपालमा पनि वायु प्रदूषण निरन्तर वृद्धि हुँदै जान्छ । हाम्रोमा मात्र नभई यस क्षेत्रका धेरै शहरमा यो समयमा वायुको गुणस्तर क्रमिकरुपमा खस्किँदै जाने गर्दछ,’ मन्त्री शाहीले भने, ‘यसको असर आँखाले देखिने धुलोसहितको प्रदूषणमा मात्र सीमित नभई, विशेष गरी मानव स्वास्थ्य र समग्र पर्यावरणमा गम्भीर रूपमा दीर्घकालीन असर पारिरहेको अवस्था छ ।’

पेट्रोलियम पदार्थमा आधारित मोटरगाडीको अधिक प्रयोग, निर्माणका गतिविधि, औद्योगिक उत्सर्जन, वन डढेलो, कृषि गतिविधिलगायतका कारण वायु प्रदूषणको स्तर अत्यधिक बढेको उनको भनाइ छ ।

सरकारले सार्वजनिक यातायातलाई प्रभावकारी बनाउँदै, इन्धनको गुणस्तर सुधार्ने र औद्योगिक प्रदूषण नियन्त्रणमा सहयोग पुग्ने तवरले कदम चाल्ने योजना बनाएको मन्त्री शाहीले बताए।

प्रकाशित मिति : २४ मंसिर २०८१, सोमबार  ६ : २६ बजे

सूचनामा विश्वव्यापी पहुँचको लागि अन्तर्राष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ– सूचनामा विश्वव्यापी पहुँचका लागि अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि आज

बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद

गण्डकी– कालीगण्डकी नदीमा आइतबार आएको बाढीका कारण धवलागिरि क्षेत्रका पर्वत,

मेची भन्सारबाट दुई महिनामा दुई अर्ब ८३ करोड राजस्व सङ्कलन

झापा– मेची भन्सार कार्यालय काँकरभिट्टाले चालु आर्थिक वर्षको पहिलो दुई

आर्थिक गणना : लगत प्रशोधन प्रक्रिया सुरु

काठमाडौँ– राष्ट्रिय तथ्याङ्क कार्यालयले आर्थिक गणनामा सहभागी व्यावसायिक प्रतिष्ठानको लगत

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, के छ कार्यसूची ?

काठमाडौँ– सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको