विश्वकप अगाडि अभ्यासमा व्यस्त यू-१९ क्रिकेट टिम « Khabarhub

विश्वकप अगाडि अभ्यासमा व्यस्त यू-१९ क्रिकेट टिम


२५ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालको यु-१९ विश्वकप क्रिकेट टिम दक्षिण अफ्रिकामा विश्वकप अगाडिको अभ्यासमा व्यस्त छ ।

पहिलो अनौपचारिक अभ्यास खेलमा नेपालले स्कटल्याण्डमाथि एक सय ३५ रनको जित निकालेको छ । नेपालका अलराउन्ड गुल्सन झाको शतकमा २८५ रनको विशाल लक्ष्य पाएको स्कटल्याण्ड ४३.२ ओभरमा सबै विकेटको क्षतिमा एक सय ४९ रनमा समेटिएको थियो । नेपालले अब एक अनौपचारिक र दुई औपचारिक अभ्यास खेल खेल्दैछ ।

विश्वकप तयारी र अभ्यास खेलका लागि केही समय अगाडि नै नेपाली टिम दक्षिण अफ्रिका पुगेको हो।

नेपालले पुस २८ गते स्कटल्याण्ड र माघ २ गते वेस्ट इन्डिजसँग अभ्यास खेल खेल्दैछ। यसको व्यवस्थापन अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले गरेको क्यानले जनाएको छ।

नेपाल यू-१९ विश्वकपको समूह ‘डी’ मा छ। नेपालको समूहमा न्यूजिल्यान्ड, पाकिस्तान र अफगानिस्तान छन्।

नेपालले माघ ७ गते न्यूजिल्यान्डसँग प्रतिस्पर्धा गर्दै विश्वकपको सुरुवात गर्नेछ। नेपालले दोस्रो खेल माघ १० गते पाकिस्तान र समूह चरणको अन्तिम खेल माघ १२ गते अफगानिस्तानसँग खेल्नेछ। सहभागी १६ टोलीलाई चार समूहमा विभाजन गरिएको हो।

समूह ‘ए’ मा भारत, बंगलादेश, आयरल्यान्ड र अमेरिका छन्। समूह ‘बी’ मा इङ्ल्यान्ड, दक्षिण अफ्रिका, वेस्ट इन्डिज र स्कटल्यान्ड छन् भने समूह ‘सी’ मा अस्ट्रेलिया, श्रीलंका, जिम्बावे र नामिबिया छन्। समूहका शीर्ष दुई देश विश्वकपको सुपर आठमा पुग्नेछन् ।

जनवरी १९ देखि फेब्रुअरी ११ तारिखसम्म चल्ने यु-१९ विश्वकप क्रिकेटमा सहभागी हुन जगत टमटा प्रशिक्षक र देव खनाल कप्तान रहेको नेपाली टिम शनिबार दक्षिण अफ्रिका पुगेको हो । यू-१९ टिममा राष्ट्रिय टिमका अल्राउन्डर गुल्सन झालेसमेत सहभागी छन् ।

यु-१९ विश्वकप : नेपाली टिम
देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपकप्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुलशन झा, दीपेश कँडेल, विशाल विक्रम केसी, सुवास भण्डारी, दीपक बोहोरा, उत्तम थापामगर, विपिन रावल, दिपक बोहोरा, तिलकराज भण्डारी र आकाश चन्द।

प्रकाशित मिति : २५ पुस २०८०, बुधबार  ६ : ०९ बजे

कीर्तिपुरमा टी-२० सिरिज: कप्तान दीपेन्द्रको परीक्षा

काठमाडौँ – नेपाली क्रिकेट टोलीले सोमबारदेखि घरेलु मैदान कीर्तिपुरमा चिरपरिचित

बर्दियामा एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु

नेपालगन्ज– बर्दियामा एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु भएको

वन्यजन्तु सप्ताह : सचेतना र संरक्षणमा जोड

कञ्चनपुर– शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा वन्यजन्तु सप्ताह विभिन्न जनचेतनामूलक तथा प्रवर्द्धनात्मक

आज र भोलि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

काठमाडौँ– सरकारले आज र सोमबार देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ खुवाउँदै

पर्वतकी १४ वर्षीया किशोरी आठ दिनदेखि बेपत्ता

पर्वत– पर्वतको मोदी गाउँपालिका–२ देउपुरकी १४ वर्षीया किशोरी रितिका जैसी