सर्वोत्तम सिमेन्टको बुक बिल्डिङ आईपीओ खुला « Khabarhub

सर्वोत्तम सिमेन्टको बुक बिल्डिङ आईपीओ खुला


२५ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


324
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सर्वोत्तम सिमेन्टको आईपीओ बिक्री खुला भएको छ । कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री खुला गरेको हो ।

सर्वोत्तमको आईपीओमा लगानीकर्ताले प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरले आवेदन दिनुपर्नेछ । उक्त आईपीओमा कार्यालय समय भित्र आवेदन दिन सकिनेछ । कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि ९ लाख ३० हजार कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

यस आइपीओमा न्यूनतम ५० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मको लागि आवेदन दिन सकिनेछ । सर्वोत्तम सिमेन्टले पहिलो पटक बुक बिल्डिङ विधिबाट आईपीओ जारी गर्न लागेको हो । स्थानीय र वैदेशिक रोजगारीमा गएकालाई आईपीओ जारी गरिसकेपछि सर्वसाधारणका लागि खुला हुनेछ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ ।

उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूले यसमा माघ १० गतेसम्म आवेदन दिन पाउनेछन् । सो अवधिमा सबै सेयर बिक्री नभएमा माघ २५ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

उद्योग प्रभावित क्षेत्रका बासिन्दाहरूले नवलपरासी जिल्लाको ग्लोबल आइएमई बैंक, लक्ष्मी सनराइज बैंक, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, गरिमा विकास बैंक र मुक्तिनाथ विकास बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

जसमा उद्योग प्रभावित क्षेत्र नवलपरासी जिल्लाको सुनवल नगरपालिका वडा नं ३, ४, ५, ६ र १३ तथा उत्खनन प्रभावित क्षेत्र पाल्पा जिल्लाको रैनादेवी छहरा गाउँपालिका वडा नं १ र २ का स्थानीय बासिन्दाले आवेदन दिन सक्नेछन् ।

त्यस्तै, रिब्दीकोट गाउँपालिकाको वडा नं २, ३, ४ र ६, तिनाउ गाउँपालिकाको वडा नं १, २ र ३, माथागढी गाउँपालिकाको वडा नं ७ र ८ तथा निस्दी गाउँपालिकाको वडा नं ७ मा बसोबास गर्ने स्थानीय बासिन्दाको लागि छुट्याएको छ ।

कम्पनीले २ लाख ६७ हजार कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीका लागि निष्कासन गरेको छ ।

प्रकाशित मिति : २५ पुस २०८०, बुधबार  १२ : ३० बजे

वैदेशिक रोजगार व्यवसायीलाई श्रमिकको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौं – वैदेशिक रोजगार विभागले विदेशमा कार्यरत नेपाली श्रमिकहरूको अवस्था

रास्वपा महाधिवेशन : मुख्य दल सबैलाई निमन्त्रणा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलोपटक महाधिवेशन गर्दैछ ।

रुपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा सात चिनियाँ नागरिक पक्राउ

भैरहवा – रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ बाट अवैध रूपमा क्रिप्टोकरेन्सी कारोबार

विश्वकप २०२६ मा आक्रमणकारी फुटबलको दबदबा, गोल औसत ६८ वर्षयताकै उच्च

काठमाडौं – फिफा विश्वकप २०२६ को विभिन्न समुह अन्तर्गत पहिलो

सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प छैन : अर्थमन्त्री डा वाग्ले

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले राज्य सञ्चालन गर्नका लागि