एकीकृत समाजवादीले कार्यकर्ताबाट सुझाव लिने « Khabarhub

एकीकृत समाजवादीले कार्यकर्ताबाट सुझाव लिने


२५ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (एकीकृत समाजवादी)ले पार्टीको विधान संशोधनका लागि कार्यकर्ता तहबाट सुझाव लिने भएको छ ।

पार्टीको आज बसेको सचिवालय बैठकले केन्द्रीय समितिको बैठकबाट सङ्कलन गरेको सुझावका आधारमा मस्यौदा प्रस्ताव बनाएर जिल्ला तहमा पठाउने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए। त्यसैगरी बैठकले राष्ट्रियसभामा सत्ता साझेदार दलका उम्मेदवारलाई जिताउन पार्टीको सबै शक्तिलाई परिचालन गर्नसमेत आह्वान गरेको छ ।

आगामी माघ १४ र १५ गते पार्टीको केन्द्रीय परिषद्को बैठक बस्ने निर्णयसमेत भएको छ । उक्त बैठकमा पार्टीको विधान संशोधनको विषयमा छलफल हुनेछ ।

त्यसका लागि गएको केन्द्रीय समितिको बैठकबाट सङ्कलन गरेको सुझावका आधारमा मस्यौदा प्रस्ताव बनाएर जिल्ला र कार्यकर्ता तहमा पुग्नेछ । उक्त सुझाव केन्द्रीय परिषद्को बैठकमा प्रस्तुत गरिने प्रवक्ता खतिवडाले बताए ।

प्रकाशित मिति : २५ पुस २०८०, बुधबार  १० : २३ बजे

जनैपूर्णिमामा पाटनको कुम्भेश्वर मन्दिरमा मेला, बिहानैदेखि भक्तजनको भीड

ललितपुर- जनैपूर्णिमाको अवसरमा शुक्रबार ललितपुरको पाटनस्थित कुम्भेश्वर मन्दिरमा विशेष मेला लागेको

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य 

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

आज मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले आज बिहान ११ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका

रसुवा बाढीमा : ८ जिल्लामा ४६९ जनाको शव भेटियो

काठमाडौं- रसुवामा आएको विनाशकारी बाढी तथा त्यसबाट प्रभावित क्षेत्रमा खोज तथा

जनै पूर्णिमामा विन्ध्यवासिनी मन्दिरमा श्रद्धालु (तस्बिरहरू)

 पोखरा– पोखराको विन्ध्यवासिनी मन्दिरमा जनै पूर्णिमाको अवसरमा बिहानैदेखि श्रद्धालुको भीड