पाँच जिल्लामा सीडीओ हेरफेर, काठमाडौंमा जयनारायण आचार्य « Khabarhub

पाँच जिल्लामा सीडीओ हेरफेर, काठमाडौंमा जयनारायण आचार्य


२५ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


438
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृह मन्त्रालय मङ्गलबार बेलुकी पाँच जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ) हेरफेर गरेको छ । काठमाडौं, सिन्धुपाल्चोक, सिन्धुली, प्युठान र अर्घाखाँचीमा सीडीओ हेरफेर गरिएको हो ।

मन्त्रालयले काठमाडौँकोाप्रमुख जिल्ला अधिकारीमा जयनारायण आचार्यलाई खटाएको छ । साविक प्रजिअ जितेन्द्र बस्नेतलाई मन्त्रालय ल्याइएको मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारीमा अध्यागमन कार्यालय भैरहवाका प्रमुख अध्यागमन अधिकृत किरण थापालाई खटाएको मन्त्रालयले सहसचिव लीलाप्रसाद शर्मालाई सिन्धुलीको प्रमुख जिल्ला अधिकारी तोकेको छ ।

मन्त्रालयमा कार्यरत उपसचिव रमा आचार्य सुवेदीलाई प्रमुख जिल्ला अधिकारीका रूपमा प्युठान पठाइने भएको छ । त्यहाँका साविक सीडीओ नारायण प्रसाद अर्याललाई मन्त्रालयमा बोलाइएको छ ।

अर्घाखाँचीको प्रमुख जिल्ला अधिकारीमा मन्त्रालयले इलाका प्रशासन कार्यालय चन्द्रौटा कपिलवस्तुका बाबुलाल अर्याललाई पठाएको छ । अर्घाखाँचीकै सहायक प्रमुख जिल्ला अधिकारी वेदनाथ पाध्यालाई इलाका प्रशासन कार्यालय चन्द्रौटाको उपसचिवमा सरुवा गरिएको छ ।

अतिरिक्त समूहमा रहेका सहसचिव टोकराज पाण्डेलाई मन्त्रालयमा बोलाइएको छ ।

प्रकाशित मिति : २५ भाद्र २०८१, मंगलबार  १० : ३९ बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक