कोशी सरकार विरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश  « Khabarhub

कोशी सरकार विरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश 


२८ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोशी सरकार गठनविरुद्ध निवर्तमान मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासले विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको हो ।

निवर्तमान मुख्यमन्त्री कार्कीको रिट जेठ ९ गते पूर्ण इजलासमा सुनुवाइ हुने समेत बताइएको छ ।

सर्वोच्चले काशी सरकारको विवादमा संवैधानिक व्याख्या आवश्यक रहेको भन्दै पूर्ण सुनुवाइबाट टुङ्गो लगाउने जनाएको छ ।

कार्कीले आफू मुख्यमन्त्री हुँदाहुँदै प्रदेश प्रमुखले नयाँ सरकार गठनको आह्वान गरेको भन्दै त्यसलाई खारेज गरी आफ्नो पदलाई निरन्तरता दिन माग गरेका छन् ।

रिटमा प्रदेश प्रमुखको कार्यालय, प्रदेश प्रमुख परशुराम खापुङ, सभामुख अम्बरबहादुर विष्ट, नेकपा एमालेका प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की तथा संकल्प प्रस्तावक रेवतिरमण भन्डारी समर्थक किशोरचन्द्र दुलाल र गणेश उप्रेतीलाई विपक्षी बनाइएको छ ।

बिहीबार नेकपा एमालेसहित माओवादी केन्द्र लगायतका दलको समर्थनमा हिक्मतकुमार कार्की मुख्यमन्त्रीमा नियुक्त भएका छन् । उनले वैशाख ३१ गते विश्वासको मत लिन प्रदेशसभाको अधिवेशन आह्वान गरेका छन् ।

यस्ताे छ सर्वाेच्चकाे पूर्णपाठ

पाे पनि …

कोशी प्रदेश सरकार गठनविरुद्धको रिटबारे न्यायाधीश फुयाँलको इजलासमा सुनुवाइ

प्रकाशित मिति : २८ बैशाख २०८१, शुक्रबार  ५ : ३३ बजे

तनहुँको आँबुखैरेनीमा ४५ रोपनी क्षेत्रफलमा सयपत्री फूलखेती

तनहुँ– दसैँको रौनकसँगै तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित आँधीमूल यानचोकका बारी

सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारले सेती प्रादेशिक अस्पतालका लागि २५ करोड

म्याग्दीको भसभसेमा सडक भासिदा यातायात सञ्चालनमा समस्या

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–२ स्थित भसभसेको पहिरो म्याग्दी र मुस्ताङलाई

कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी निर्वाचित, महामन्त्रीमा पौडेल र राणा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना

आज नवरात्रको दोस्रो दिन, ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ– नवरात्रको दोस्रो दिन आज दसैँ घर वा पूजा कोठामा