बागमतीसहित केही प्रदेशमा पानी पर्ने, तराई क्षेत्रमा तातो लहरको सम्भावना | Khabarhub Khabarhub

बागमतीसहित केही प्रदेशमा पानी पर्ने, तराई क्षेत्रमा तातो लहरको सम्भावना


२८ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु तथा बिहार आसपास बनेको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको जनाएको छ।

महाशाखाका अनुसार अहिले कोशी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । कोशी प्रदेशलगायत पहाडी भूभागमा आंशिक बदली छ ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

कोशी प्रदेशका थोरै स्थान तथा बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हावाहुरीको सम्भावना रहेको छ ।

आज राति भने कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत वाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने छ ।

कोशी प्रदेशका थोरै तथा वाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

महाशाखाले देशभरको तापक्रमको अवस्थाको विश्लेषण अनुसार तराईका भूभागहरूमा अत्यधिक गर्मी बढ्दा तातो हावा तथा तातो लहरको सम्भावना रहेको जनाएको छ।

तातो हावा र तातो लहरबाट जोगिन आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

आज सूर्योदय बिहान ५ बजेर ७ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर ५९ मिनेटमा हुनेछ ।

 

प्रकाशित मिति : २८ जेठ २०८१, सोमबार  ६ : २८ बजे

निर्वाचनको विकल्प छैन : उपेन्द्र यादव

देवदह– जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा

विद्युत् बिस्तारको क्रममा करेन्ट लागेर एक कामदारको मृत्यु

महोत्तरी– विद्युत् बिस्तारको काम गरिरहेका एक कामदारको करेन्ट लागेर मृत्यु

‘सुडानको आधाभन्दा बढी जनसङ्ख्यालाई मानवीय सहायता आवश्यक’

एजेन्सी– सुडानको आधा भन्दा बढी जनसङ्ख्यालाई मानवीय सहायताको आवश्यकता रहको

महासङ्घ ‘ट्रबलसुटर’ को भूमिकामा : अध्यक्ष ढकाल

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्यमी, व्यवसायी

हरिचौर-मल्म-पाण्डवखानी सडक स्तरोन्नति गरिँदै

गलकोट–  ‘एक निर्वाचन क्षेत्र, एक रणनीतिक सडक’अन्तर्गत पर्ने बागलुङको हरिचौर-मल्म-पाण्डवखानी