जसपा नेपालको महाधिवेशन आजदेखि जनकपुरधाममा « Khabarhub

जसपा नेपालको महाधिवेशन आजदेखि जनकपुरधाममा


२८ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– जनता समाजवादी पार्टी (जसपा) नेपालको राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ ।

जनकपुरधामको तिरहुतिया गाछीमा दिउँसो १ बजे सुरु हुने महाधिवेशनको अध्यक्ष उपेन्द्र यादवले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

महाधिवेशनमा देशभरका १३ सयभन्दा बढी प्रतिनिधि सहभागी हुँदै छन् । यस्तै, एक लाख कार्यकर्ताले महाधिवेशनमा भाग लिने जसपा नेपालले जनाएको छ ।

महाधिवेशनको उद्घाटन सत्रमा विभिन्न मुलुकका प्रतिनिधि, विभिन्न राजनीतिक पार्टीका नेताहरूको पनि सहभागिता रहने छ ।

महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ। पार्टी विभाजन भएकाले अध्यक्षमा पुनः उपेन्द्र यादव दोहोरिने लगभग निश्चित छ ।

अध्यक्षबाहेक सहअध्यक्ष १, उपाध्यक्ष ५, महासचिव २, उपमहासचिव ३, सचिव ७ र कोषाध्यक्ष १ गरी २०१ केन्द्रीय सदस्य र कार्यकारिणी सदस्य निर्वाचित हुने छन् ।

प्रकाशित मिति : २८ जेठ २०८१, सोमबार  ११ : ०२ बजे

अर्थ र सार्वजनिक नीति समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका दुईवटा समितिको बैठक बस्दैछ ।

अपाङ्गता सेवा र तथ्याङ्क एउटै डिजिटल प्रणालीबाट हुने

काठमाडौँ– अपाङ्गता भएका व्यक्तिको पहिचान, तथ्याङ्क व्यवस्थापन, परिचयपत्र जारी र

मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी

तनहुँ– मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि तनहुँका विभिन्न सामुदायिक वनमा

चौतर्फी दबाबपछि फिफा अध्यक्ष इन्फान्टिनो लचिलो, सदस्य देशलाई बजेट उपलब्ध गराइने

काठमाडौँ– विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक