रविविरुद्धको मुद्दालाई अग्राधिकार, अर्को पेसी असार ४ गतेलाई तोकियो « Khabarhub

रविविरुद्धको मुद्दालाई अग्राधिकार, अर्को पेसी असार ४ गतेलाई तोकियो


२८ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


8.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सर्वोच्च अदालतले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई निलम्बन गर्न माग गरिएको रिटलाई अग्राधिकार दिएको छ ।

कृष्णप्रसाद खरेलको जाहेरीले जितेन्द्रबाबु राईसमेत प्रतिवादी भएको सहकारी ठगी विवादसम्बन्धी मिसिल झिकाएर पूर्वआदेशअनुसार अग्राधिकार दिने आदेश सोमबार सर्वोच्चले गरेको हो ।

सर्वोच्चले मुद्दाको अर्को पेसी आगामी असार ४ गतेलाई तोकेको छ।  उक्त दिनसम्म महान्यायाधिवक्ताको कार्यालयमार्फत अभियोग पत्र पेश गर्न पनि सर्वोच्चले भनेको छ ।

न्यायाधीशद्वय मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको इजलासले सुनुवाइ सकेपछि आवश्यक मिसिलहरू प्राप्त नभएकाले मगाउने आदेश गरेको हो । अब लामिछानेविरुद्धको मुद्दा अझै एक सातालाई सरेको छ ।

अधिवक्ता अनुपम भट्टराईले दायर गरेको रिटमा सर्वोच्चले यसअघि जिल्ला प्रहरी कार्यालय कास्कीमा परेको जाहेरी पेस गर्न भनेको थियो । तर सोमबारको सुनुवाइका क्रममा सरकारी पक्षले केही पनि पेस गरे । त्यसपछि सर्वोच्चले सबै मिसिल मगाउन भनेको हो ।

सर्वोच्चले गृहमन्त्री लामिछानेविरुद्ध दर्ता भएका वा पेस भएका उजुरी, अभियोग पत्र र अन्य मिसिलहरू पेस गर्न आदेश गर्दै ती प्राप्त गरेपछि सुनुवाइ गर्दै निलम्बन गर्ने वा नगर्नेबारे निर्णय लिने भएको छ ।

महान्यायाधिवक्ता कार्यालयले सहकारी ठगी प्रकरणमा लामिछानेको विषयमा कुनै जाहेरी, अभियोग पत्र र अनुसन्धान नभएको पत्र दिएको थियो । त्यसविरुद्ध अधिवक्ता भट्टराईले सर्वोच्चमा रिट दायर गरेका थिए । सुरुमा सर्वोच्च प्रशासनले खारेज गरिदिएको रिट इजलासको आदेशमा दर्ता भएर अघि बढेको हो ।

प्रकाशित मिति : २८ जेठ २०८१, सोमबार  ५ : २७ बजे

भूराजनीतिका नाममा शंकर पोखरेल चिप्लिएपछि…

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेल भूराजनीतिका नाममा चिप्लिएका

एकैपटक ११२ आयोजनाका लागि ठेक्का आह्वान

खोटाङ– भौतिक पूर्वाधार कार्यालय खोटङले ११२ आयोजनाका लागि ठेक्का आह्वान

संसद पुनर्स्थापनासम्बन्धी कांग्रेसको पूरक रिटमा आज सुनुवाइ हुँदै

काठमाडौं– नेपाली कांग्रेससहित ६८ सांसदको हस्ताक्षरसहित प्रतिनिधिसभा पुनर्स्थापनाका लागि सर्वोच्चमा

फुङलिङमा भालुको आतंक, नियन्त्रणमा लिन खोर निर्माण

ताप्लेजुङ– ताप्लेजुङको फुङलिङ नगरपालिका–९ हाङ्देवामा जङ्गली भालुको आतङ्क बढेपछि नियन्त्रणका

काँकरभिट्टाबाट पाँच महिनामा करिब ८ अर्बको पेट्रोलियम पदार्थ आयात

झापा– चालु आर्थिक वर्ष (आव) २०८२–८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका