उपेन्द्र यादवको प्रतिवेदन : प्रचण्ड नेतृत्वको सरकारले जसपा फुटाइदियो « Khabarhub

उपेन्द्र यादवको प्रतिवेदन : प्रचण्ड नेतृत्वको सरकारले जसपा फुटाइदियो


२८ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


282
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम–जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले पार्टी फुटाइदिएको आरोप लगाएको छ ।

सरकारले राजकीय स्रोत, साधन र शक्ति दुरूपयोग गरी पार्टी फुटाइदिएको कुरा अध्यक्ष उपेन्द्र यादवले पेश गरेको दस्तावेजमा उल्लेख छ ।

जनकपुरधाममा सोमबारबाट सुरू महाधिवेशनमा पेश गरेको राजनीतिक प्रतिवेदनमा सरकारले पार्टी विभाजन गराएपछि अहिले आफूहरू प्रतिपक्षको भूमिकामा रहेको अध्यक्ष यादवले उल्लेख गरेका छन् ।

संघीय सरकारमा फेरिनेबित्तिकै प्रदेश सरकारहरूमा उथलपुथल एवम् परिवर्तन हुनाले राज्य झन् अस्थिर भएको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनमा भनिएको छ, ‘प्रदेश सरकारका कार्यहरूले जनता उत्साहित र लाभान्वित नै भएका छन् । संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र संस्थागत गर्न प्रतिगमनलाई परास्त गर्न, सुशासन र विकास कार्यलाई अगाडि बढाउन, हाम्रो पार्टी सडकका साथै संसद् र सरकारमा सहभागी भई सङ्घर्षलाई निरन्तर जारी राख्नुपर्दछ । सडक, संसद् र सरकार तीनवटै हाम्रा लागि संघर्षकै मोर्चा हुन्, यसलाई समय सापेक्ष जनहितमा उपयोग गरिनुपर्छ ।’

संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशीता, सुशासन, पहिचान, धर्मनिरपेक्षता, सामाजिक न्यायका पक्षधर र समाजवादी शक्तिहरू, सिद्धान्त, विचार र नीति मिल्ने दलहरूसँग एकीकरण अथवा पार्टी एकता गर्ने नीति अगाडि सारेको छ ।

प्रतिवेदनमा भनिएको छ, ‘राजनीतिक मुद्दा मिल्ने तर सिद्धान्त, विचार नमिल्ने दलहरूसँगका सङ्घर्षको प्रकृति हेरी संयुक्त मोर्चा वा कार्यगत एकतामा आबद्ध गर्नुपर्दछ । हामीले संघियता, लोकतान्त्रिक गणतन्त्र विरोधी वा परिवर्तनका बाधक शक्तिहरूलाई एकल्याउन र त्यसको विरूद्ध सबै राजनीतिक शक्तिहरूलाई मोर्चामा आबद्ध गर्न सक्नुपर्छ ।’

प्रकाशित मिति : २८ जेठ २०८१, सोमबार  ७ : ३० बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह