रिलायन्स स्पिनिङ मिल्सको आईपीओ निष्कासन स्थगित गर्नेबारे सेबोनमा छलफल हुँदै « Khabarhub

रिलायन्स स्पिनिङ मिल्सको आईपीओ निष्कासन स्थगित गर्नेबारे सेबोनमा छलफल हुँदै


२६ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


705
Shares
  • change font
  • change font
  • change font

काठमाडौं रिलायन्स स्पिनिङ मिल्सको आईपीओ निष्कासन स्थगित गर्ने विषयमा नेपाल धितोपत्र बोर्ड (सेबोन) छलफल गरिरहेको छ । धितोपत्र बोर्डका प्रवक्ता डा. नवराज अधिकारीका अनुसार बोर्डको व्यवस्थापन तहमा अहिले सो विषयमा छलफल भइरहेको छ ।

रिलाइन्स स्पिनिङ मिल्सले बुक विल्डिङ विधिबाट यही २७ गतेदेखि आइपिओ निष्कासन गर्ने तयारी गरेकोमा कम्पनीले सार्वजनिक गरेका विवरणहरू विवादास्पद देखिएपछि आइपिओ निष्काशन स्थगित हुने तहमा पुगेको हो । सेबोन स्रोतका अनुसार कम्पनीको आइपिओ निष्कासन अनुमति तत्काललाई स्थगित गर्ने विषयमा छलफल भइरहेको छ ।

‘अहिले व्यवस्थापन तहमा छलफल गम्भीर रुपमा छलफल भइरहेको छ, स्थगित हुने देखिएको छ, औपचारिक निर्णय पछि आउला’, सेबोनका एकजना अधिकारीले खबरहबलाई बताए । 

नेपाल धितोपत्र बोर्डको स्वीकृति लिएर रिलायन्स स्पिनिङ मिल्सले रिलाइन्स कम्पनीले १ अर्ब ९० करोड रुपैयाँको १०.१४ प्रतिशतले हुन आउने १९ करोड २६ लाख ६० हजार बराबरको १९ लाख २६ हजार ६ सय कित्ता शेयर सर्वसाधारणमा जारी गर्न लागेको छ । बुक बिल्डिङ प्रक्रियाबाट तय गरिएको सो शेयरको मूल्य प्रतिकित्ता ८२०.८० रुपैयाँ रहेको छ ।

धितोपत्र बोर्डबाट आईपीओ जारी गर्नका लागि स्वीकृति लिने क्रममा पेश गरेको विवरण र तेस्रो त्रैमासिक विवरणको रुपमा सार्वजनिक गरेको वित्तीय विवरणमा नेटवर्थ आम्दानी, प्रतिशेयर आम्दानी, नाफा प्रक्षेपण लगायतका विषयहरू अस्वभाविक देखिएपछि रिलाइन्सको आइपीओको विषय विवादित बन्न पुगेको हो ।

मंगलबार नै संसदको सार्वजनिक लेखा समितिले रिलाइन्सको आइपीओको मूल्य तय भएको आधार, मूल्य तयार गर्ने अधिकार कसलाई, प्रक्रिया के, एक वर्ष नपुग्दै कम्पनीको प्रतिशेयर मूल्यमा आएको गिरावट, प्रतिशेयर आम्दानीको वास्तविकता र प्रक्षेपित मूल्यमा सामञ्जस्यता नदेखिएको लगायतका विषयमा समितिले बोर्डसँग जवाफ माग गरेको थियो ।

विभिन्न क्षेत्रबाट कम्पनीले सार्वजनिक गरेका विवरणमाथि निरन्तर प्रश्न उठाएपछि र संसदको सार्वजनिक लेखा समितिले विवादित विषयहरूमा जवाफ मागेपछि सेबोन स्पिनिङको आइपिओ निष्कासन स्थगित गर्ने अवस्थामा पुगेको देखिन्छ ।

प्रकाशित मिति : २६ असार २०८१, बुधबार  १ : ५६ बजे

सीमावर्ती कचनकबलका मतदाता उम्मेदवारको पर्खाइमा

झापा– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

धरानको दन्तकाली मन्दिर श्रद्धालुको आस्थाको केन्द्र

सुनसरी– धरान उपमहानगरपालिका–१४ स्थित विजयपुर क्षेत्रमा रहेको पौराणिक धार्मिकस्थल दन्तकाली

नारायणघाट–बुटवल सडक : पूर्वी खण्डका पुल निर्माण सम्पन्न

नवलपरासी– सरकारले राष्ट्रिय गौरवका रूपमा अगाडि बढाएको नारायणघाट–बुटवल सडकखण्डको पूर्वी

एक महिना लामो स्वस्थानी व्रत समापन (तस्बिरहरू)

काठमाडौं– पौष शुक्ल पूर्णिमाका दिन सुरु भएको एक महिना लामो

सर्लाहीमा सवारी दुर्घटना : ६ महिनामा २९ जनाको मृत्यु

सर्लाही– सवारी दुर्घटनामा परी सर्लाहीमा चालु आर्थिक वर्षको ६ महिनामा