मुकुल ढकालले भने : रास्वपा रविको क्लबमा परिणत भइसक्यो, म महामन्त्री पदमै छु « Khabarhub

मुकुल ढकालले भने : रास्वपा रविको क्लबमा परिणत भइसक्यो, म महामन्त्री पदमै छु


२६ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


7.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्री र प्रवक्ता पदबाट निलम्बित मुकुल ढकालले सभापति रवि लामिछानेमाथि गम्भीर आरोप लगाएका छन् ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले सभापति लामिछानेका गल्तीको दोष अरुलाई थोपर्ने क्रममा आफू पनि शिकार भएको बताए ।

‘ग्यालेक्सी टेलिभिजनमा गल्ती जीबीले गरे रविले गरेनन् । अहिले रास्वपामा पनि महामन्त्रीले गल्ती गरे उहाँले गल्ती गर्नु भएन’, उनले भने, ‘रवि लामिछानेले यो देशको सबैभन्दा सफल गृहमन्त्री भएँ भन्नु भयो । तर उहाँले आफ्ना गल्ती सबै अरुलाई थोपर्नु भयो ।’

उनले पार्टी सभापतिभन्दा माथि जनता भएकाले आफूले पार्टीका कुरा जनतामाझ राखेको तर्क गरे । ‘पार्टी सभापतिका कुरा मैले जनतामाझ गएर गरेको हुँ । सभापतिभन्दा माथि जनता छन्, जनताले जे भने मैले त्यही गरेको हो’, उनले भने, ‘जीबी राई कहिले पक्राउ पर्छन् ? यो जनताको प्रश्न हो मेरो होइन ।’

उनले रविमाथि पार्टीलाई क्लबमा परिणत गराएको आरोप लगाए । ‘रविले पार्टीलाई क्लब जसरी चलाए। पार्टी रवि लामिछाने क्लबका रुपमा हाइज्याक भएको छ’, उनले भने, ‘रास्वपामा अनुशासन आयोगमाथि प्रतिवेदनमै प्रश्न उठाइएको छ । अनुशासन आयोगमाथि प्रश्न उठाइसकेको थिएँ मैले । त्यसैले उसको भूमिकामा शंका भएकाले मान्नुपर्ने अवस्था थिएन ।’

उनले आफू रास्वपाको महामन्त्री र प्रवक्ताबाट निलम्बित नभएको बताए । ‘म अहिले पनि राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्री र प्रवक्ताबाट म निलम्बित भएको छैन’, ढकालले भने, ‘म केबल रविको क्लबबाट मात्रै निक्लिएको हो । म बलजफ्ती गरेर महामन्त्रीको कुर्सीमा बस्न जाँदिन । तर रवि लामिछानेका कारण पार्टी सकिने दिशातिर गयो, मेरो चिन्ता यति मात्रै हो ।’

प्रकाशित मिति : २६ असार २०८१, बुधबार  ३ : ३३ बजे

छ हजार बचतकर्ताको रकम फिर्ताका लागि आवेदन

काठमाडौं– काठमाडौं महानगरपालिकाको सहकारी विभागमा पाँच अर्ब २७ करोड रुपैयाँ

विश्वकपको रौनकबीच मेसीको जन्मदिन, अर्जेन्टिनाले भन्यो- ‘ह्याप्पी बर्थडे, क्याप्टेन !’

काठमाडौँ – विश्व फुटबलकै सर्वकालीन महान् खेलाडीमध्येका एक लियोनेल मेसी

प्रधानमन्त्री बालेनले परिवारको तस्बिर पोस्ट गर्दै लेखे ‘भिजिट चितवन, न्यानो ठाउँ’

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले फेसबुकमा परिवारसहितको तस्बिर सार्वजनिक

कूटनीतिमा महिला दिवस : विश्वव्यापी शान्ति र समावेशी शासनका लागि सहभागितामा जोड

काठमाडौँ– आज अन्तर्राष्ट्रिय कूटनीतिमा महिला दिवस विश्वका विभिन्न देशमा विविध

सात देश विश्वकपको नकआउट चरणमा : अन्तिम ३२ मा पुगेका टिम कुन कुन हुन् ?

काठमाडौँ – फिफा विश्वकप २०२६ मा साविक विजेता अर्जेन्टिना, आयोजकद्वय