इङ्ल्यान्डको वास्तविक परीक्षा, नेदरल्यान्ड्सलाई रोकेर पुग्ला फाइनलमा ? « Khabarhub

इङ्ल्यान्डको वास्तविक परीक्षा, नेदरल्यान्ड्सलाई रोकेर पुग्ला फाइनलमा ?


२६ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अघिल्लो संस्करणको उपविजेता इङ्ल्यान्ड बुधवार राति (नेपाली समयअनुसार मध्यराति १२.४५ बजे) हुने युरोपेली फुटबल च्याम्पियन्शिप (युरो २०२४) को दोस्रो सेमिफाइनलमा नेदरल्यान्ड्ससँग भिड्दैछ ।

यस्तोमा इङ्ल्यान्ड लगातार दोस्रो पटक फाइनलमा पुग्ने दाउमा छ । अघिल्लो संस्करणमा इटालीसँग पेनाल्टी सुटआउटमा उपाधि गुमाएको इङ्ल्यान्ड यस पटक उक्त घाउ मेटाउने दाउमा छ ।

पहिलो सेमिफाइनल भिडन्तमा मंगलबार स्पेनले फ्रान्सलाई हराउँदै उपाधि भिडन्त तय गरिसकेको छ । यो संस्करणको फाइनल आइतबार हुने छ ।

क्वार्टर फाइनलमा इङ्ल्यान्ड र नेदरल्यान्ड्स दुवैले एक गोलले पछि परेको अवस्थालाई उल्ट्याएर सेमिफाइनल यात्रा तय गरेका थिए ।

इङ्ल्यान्डले निर्धारित र अतिरिक्त समय १-१ ले बराबरी भएको अवस्थामा स्विट्जरल्यान्डलाई पेनल्टी सुट आउटमा हराएको थियो । उता नेदरल्यान्ड्सले टर्कीलाई २-१ ले हराउँदै इङ्ल्यान्डसँगको भिडन्त पक्का गरेको हो ।

नेदरल्यान्ड्सविरुद्धको भिडन्त इङ्ल्यान्डका लागि सजिलो भने हुने छैन । यो प्रतियोगितामा इङ्ल्यान्डविरूद्ध खेल्ने टिममध्ये नेदरल्यान्ड्सको र्‍याङ्किङ पनि उच्च छ ।

इङ्ल्यान्ड समूह चरणमा सर्बिया, डेनमार्क र स्लोभेनियाविरुद्ध उत्रिएको थियो । उसले नकआउट चरणमा स्लोभाकिया र स्विट्जरल्यान्डसँग खेलेको थियो ।

इङ्ल्यान्ड अहिलेसम्म बायाँतर्फको मिडफिल्डमा किरन ट्रिपरमाथि निर्भर छ । जबकि स्विट्जरल्यान्डविरुद्धको खेलमा ल्युक शा उत्रिएका थिए । उनी फेब्रुअरीमा घाइते भएपछि पहिलो पटक मैदानमा फर्किएका थिए ।

इङ्ल्यान्डका प्रशिक्षक ग्यारेथ साउथगेटले अब अघिल्लो खेलमा निलम्बित मार्क गुहीको स्थानमा खेलेका एजरी कोन्सालाई दोहोर्‍याउँछन् दोहोर्‍याउँदैनन् प्रतिक्षाको विषय बनेको छ । निलम्बन सकिएपछि गुहीको पुनरागमन पनि सम्भावना छ।

स्विट्जरल्याडविरुद्ध अतिरिक्त समयमा समस्या देखिएपछि ह्यारी केन बाहिरिएका थिए। नेदरल्यान्ड्सविरुद्धको खेलेमा उनको फिटनेस पनि प्रमुख कुरा भएको छ । नेदरल्यान्ड्सका प्रशिक्षक रोनाल्ड कोम्यानले आफ्नो टिममा ठूलो परिवर्तन गरेका छैनन् ।

लगातार तेस्रो खेलमा पनि उनले कुनै खेलाडी फेरेका छैनन् । इङ्ल्यान्डविरूद्ध पनि उनले पुरानै सेट उतार्न सक्नेछन् । एक पटक फेरि मेम्फिस डिपाय, कोडी गेप्को र स्टीभन बर्गविनको आक्रमक पंक्ति मैदानमा देखिन सक्नेछ ।

युरोकपमा इंग्ल्यान्ड उपाधिविहीहन छ। गत संस्करणको फाइनल भिडन्तमा उसलाई इटालीले स्तब्ध बनाइदियो ।

नेदरल्यान्ड्सले एकपटक युरोकपको उपाधि जितेको छ। सन् १९८८ मा नेदरल्यान्ड्सले युरोकप जितेको थियो। त्यसयता पहिलो पटक डच टोली फाइनल पुग्ने दाउमा छ ।

दुई टोलीबीच जम्मा २२ खेल भएका छन्। जसमा इंग्ल्यान्ड ६ र डच ७ खेलमा विजयी भएको छ । ९ खेल नतिजाविहीन भए ।

सन् २०१९ मा  भएको युइएफए नेशन्स लिगमा नेदरल्यान्ड्सले इंग्ल्यान्डलाई ३-१ ले पराजित गरेको थियो ।

प्रकाशित मिति : २६ असार २०८१, बुधबार  ५ : ४० बजे

उम्मेदवारी खारेजीविरुद्ध सर्वोच्च गुहारे रेशम चौधरीले

काठमाडौं- नागरिक उन्मुक्ति पार्टी, नेपालका संरक्षक रेशमलाल चौधरीले आफ्नो उम्मेदवारी

बलियो राष्ट्रिय शक्ति निर्माण गर्न नसके देशमा फेरि दुर्घटना हुन्छ : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले बलियो राष्ट्रिय

सजिलो छैन प्रधानमन्त्रीका दुई उम्मेदवारको संसद् यात्रा

काठमाडौं- वरिष्ठ नेता बालेन्द्र साहलाई फागुन २१ को निर्वाचनपछिको प्रधानमन्त्री

बाँकेमा चार जनाले फिर्ता लिए उम्मेदवारी

नेपालगञ्ज– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि उम्मेदवारी दिएका

प्रतिनिधिसभा निर्वाचन : समानुपातिकतर्फको डेढ करोड मतपत्र छपाइ

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक