समितिसँग सहकारी पीडितको गुनासो- सरकारले हाम्रा कुरा सुन्दै सुनेन | Khabarhub Khabarhub

समितिसँग सहकारी पीडितको गुनासो- सरकारले हाम्रा कुरा सुन्दै सुनेन


२६ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले सहकारी पीडितसँग छलफल गरेको छ ।

सिंहदरबारमा बुधबार समितिले सहकारी क्षेत्रमा देखिएका समस्या र त्यसबाट भोग्नुपरेको समस्याबारे पीडितहरूसँग छलफल गरेको हो ।

त्यस क्रममा उनीहरूले बचत फिर्ताका लागि आन्दोलन गरे पनि सरकारले आफूहरूको समस्या नसुनेको गुनासो गरेका थिए ।

त्यस्तै उनीहरूले अधिकांश सहकारी ठगहरू स्वदेशमा रहे पनि सरकारले देश बाहिर रहेका सहकारीलाई मात्र खोज्ने प्रयास गरेको बताएका छन् ।

समिति संयोजक सूर्य थापाले सहकारी पीडितलाई न्याय दिन आवश्यक सुझाव दिन पीडितहरूसँग छलफल गरेको बताएका छन् ।

बचतको अपचलन गर्ने नियतका साथ आएका सहकारीले ठगी गरेकाले सबै सहकारीले ठगी गरेको नबुझ्न उनले पीडितहरूलाई आग्रह गरे ।

संयोजक थापाले तथ्यप्राप्त गर्न जेलमा रहेका सहकारी ठगी गर्नेलाई पनि सोधपुछ गर्ने बताएका छन् ।

सहकारी ठगी गरेर विदेशमा लुकेकालाई पनि नेपाल ल्याउन आवश्यक कानुनबारे जानकारी लिएको उनले बताए ।

गत जेठ १५ गते सहकारीको बचत रकम अपचलनसम्बन्धी छानबिन गर्न संसदीय छानबिन समिति गठन भएको थियो ।

प्रकाशित मिति : २६ असार २०८१, बुधबार  ५ : ५७ बजे

चुँदीरम्घामा भानुजयन्ती तीनदिन मनाइने

तनहुँ– आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती जन्मस्थल चुँदीरम्घामा विविध कार्यक्रमका

प्रि ओपन सेसन : साढे ७ अंकले बढ्यो नेप्से

काठमाडौं– साताको चौथो कारोबार दिन बुधबार प्रि ओपन सेसनमा नेपाल

एएफसी महिला कप छनोट : नेपाल र श्रीलङ्का खेल्दै

काठमाडौं– एएफसी महिला एसियन कप छनोट प्रतियोगिता अन्तर्गत आफ्नो दोस्रो

फलफूल तथा तरकारीको थोक मूल्य : केरा दर्जनको १४५ रुपैयाँ, आँपको कति ?

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार)

किसानलाई कृषि औजार वितरण

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाले किसानलाई कृषि औजार वितरण गरेको छ