बंगलादेशमा भइरहेको धार्मिक हिंसाप्रति राप्रपा नेपालको विरोध « Khabarhub

बंगलादेशमा भइरहेको धार्मिक हिंसाप्रति राप्रपा नेपालको विरोध


२६ श्रावण २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राप्रपा नेपालले बंगलादेशमा धार्मिक आस्थाका आधारमा भएको हिंसाप्रति विरोध जनाएको छ । शनिबार राप्रपा नेपालका अध्यक्ष कमल थापाले एक विज्ञप्ति जारी गरी सो हिंसात्मक गतिविधिको विरोध गरेका हुन् । 

उनले भनेका छन्, ‘आन्दोलनको बलमा सत्ता परिवर्तन भैसकेपछि पनि हिन्दूहरूमाथि अमानवीय र निर्मम आक्रमण हुनु तथा मन्दिरहरुमा तोडफोड गरिनु मानव अधिकारको ठाडो उल्लंघन हो। धार्मिक आस्थाको आधारमा भएका हिंसाको राप्रपा नेपाल घोर भत्सर्ना र विरोध गर्दछ।’

अध्यक्ष थापाले हिंसात्मक प्रदर्शनको क्रममा हिन्दुहरूमाथि संगठित आक्रमण भैरहेको समाचारले विश्वभरका सनातन धर्मावलम्बीहरूलाई स्तब्ध बनाएको समेत बताएका छन् । 

उनले बंगलादेशका जनताले बिभिन्न मागहरू राखेर गरेको आन्दोलनकाबारेमा आफूहरूको भन्नु केही नभएको र त्यो उनीहरूको अधिकार भएको समेत बताएका छन् । तर, धार्मिक आस्थाको आधारमा गरिने हिंसाप्रति सचेत विश्व समुदाय मौन रहन नसक्ने उनले बताएका छन् । 

विज्ञप्तिमार्फत अध्यक्ष थापाले हिन्दूहरूमाथि भैरहेको आक्रमण अन्त्य गर्न र पीडितहरूको उद्धार र सहयोगका निम्ति बंगलादेश सरकार र संयुक्त राष्ट्रसंघको ध्यानाकर्षण गराउन सरकारसँग माग समेत गरेका छन् ।

प्रकाशित मिति : २६ श्रावण २०८१, शनिबार  १ : ०४ बजे

चाडपर्वमा हवाई टिकट सस्तो हुने, स्वीकृत भाडादरभन्दा कममै बिक्री गर्न वायुसेवा कम्पनी सहमत

काठमाडौँ- नजिकिँदो चाडपर्वलाई लक्षित गर्दै आन्तरिक हवाई भाडादर घट्ने भएको छ।

कांग्रेस महाधिवेशन: अमेरिका, क्यानाडा र अस्ट्रेलिया क्षेत्रबाट केन्द्रीय सदस्यमा चन्दा अधिकारीको उम्मेदवारी

काठमाडाैँ – नेपाली कांग्रेसको जारी महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य (महिला: अमेरिका,

श्रमिकलाई चाडपर्व खर्च नदिए उजुरी गर्न श्रम विभागको आह्वान

काठमाडौं– युवा, श्रम तथा रोजगार मन्त्रालयअन्तर्गतको श्रम तथा व्यवसायजन्य सुरक्षा

बाढी पहिरोले तीनवटै उत्तरी नाकामा व्यापार ठप्प, महँगीको मारमा उपभोक्ता (तस्बिरहरू)

काठमाडौं– तीन प्रमुख व्यापारिक नाका आउजाउ गर्ने सडक अवरुद्ध हुँदा नेपाल

मस्कको स्टारलिङ्क आरोपमा भारतको जवाफ– ‘निष्पक्ष र गैरभेदभावपूर्ण’

नयाँदिल्ली- भारतले अर्बपति एलन मस्कको स्टारलिङ्कलाई देशमा सञ्चालन हुन नदिएको भन्ने