नेपालको ‘मुनाल’ स्याटेलाइट प्रक्षेपणका लागि एमओयूमा हस्ताक्षर « Khabarhub

नेपालको ‘मुनाल’ स्याटेलाइट प्रक्षेपणका लागि एमओयूमा हस्ताक्षर


२६ श्रावण २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारत र नेपालबीच अन्तरिक्ष सहयोगका लागि महत्वपूर्ण समझदारी भएको छ । मुनाल स्याटेलाइटको प्रक्षेपणका लागि अनुदान सहयोग उपलब्ध गराउने समझदारी पत्रमा भारतीय विदेश मन्त्रालय र न्युस्पेस इन्डिया लिमिटेडले हस्ताक्षर गरेका हुन् । यसलाई दुई नेपाल र भारतको साझेदारीमा प्रमुख कोसेढुङ्गाको रूपमा हेरिएको छ ।

समझदारी अनुसार नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को निर्देशनमा नेपालमा विकसित भएको मुनाल भूउपग्रह एनएसआइइएलको पोलार स्याटेलाइट लन्च भेइकल (पीएसएलभी)मा निःशुल्क प्रक्षेपण गरिने छ ।

मुनाल स्याटेलाइटको प्रक्षेपण सेवा सम्झौता एनएसआइएल र नास्टबीच जनवरी ४, २०२४ मा भारतका विदेशमन्त्री डा एस जयशंकरको नेपाल भ्रमणका क्रममा आदानप्रदान भएको थियो।

मुनाल स्याटेलाइट नेपाली विद्यार्थी र नेपाली स्टार्टअप अन्तरिक्ष प्रतिष्ठानबीचको सहकार्यको उत्पादन हो । यो विकासले नेपालको वैज्ञानिक र प्राविधिक क्षमतालाई मात्रै नभई भारत र नेपालबीचको समग्र सम्बन्धलाई सुदृढ बनाउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २६ श्रावण २०८१, शनिबार  ८ : ४१ बजे

जनसचेतन पत्रकारिता पुरस्कारबाट पत्रकार बस्नेत सम्मानित

दोलखा– दोलखाका पत्रकार सुवास बस्नेत ‘पत्रकार सम्मान–२०८३’ बाट सम्मानित भएका

विपद् अध्ययन समितिका सभापति पौडेलले लिंए शपथ

काठमाडौँ- राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले ‘भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन

अध्यक्ष ओलीसमक्ष वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी औपचारिक रूपमा नेकपा एमालेको वरिष्ठ नेताको

गोली हानेर पक्राउ परेका आर्यन २७ मुद्दाका प्रतिवादी

काठमाडौं– प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सिलसिलाबद्ध रूपमा मोटरसाइकल चोरी,

शिक्षकबाट कृषिउद्यमी बनेका फेन्चु

बागमती– हेटौँडा उपमहानगरपालिका–१३ पदमपोखरी आदामारका ३७ वर्षीय युवा फेन्चु लामा