भ्रष्टाचारविरुद्ध देशव्यापी आन्दोलन अघि बढाउँछौँ : प्रचण्ड « Khabarhub

भ्रष्टाचारविरुद्ध देशव्यापी आन्दोलन अघि बढाउँछौँ : प्रचण्ड


२५ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

सिरहा– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई सुदृढ गरेर भ्रष्टाचारविरुद्ध देशव्यापी आन्दोलनका कार्यक्रम अघि बढाउने सोचमा रहेको बताएका छन् ।

सिरहाको कर्जन्हा नगरपालिकामा आयोजित पार्टी कार्यकर्ता तथा स्थानीयबासीसँगको भेटघाटमा उनले त्यसकै लागि आफूहरू देशव्यापी बैठक र छलफलमा जुटेको बताए ।

पार्टीको मधेश प्रदेशस्तरीय परामर्श बैठकमा भाग लिने क्रममा सिरहा पुगेका अध्यक्ष प्रचण्डले मुलुकको अहिलेको ठूलो समस्या भ्रष्टाचार भएकाले जनतालाई साथमा लिएर भ्रष्टाचारी र माफियाविरुद्ध देशव्यापी आन्दोलन गर्ने बताए ।

‘तपाईँहरूले देखि नै हाल्नुभयो, भ्रष्टाचारविरुद्ध केही गर्न खोज्दा सरकार नै परिवर्तन गर्नेसम्मको खेल भयो’, उनले भने, ‘हामी सरकारको नेतृत्व गर्दा केही नयाँ काम सुरु गरेका थियौँ । सुशासनका पक्षमा र भ्रष्टाचारका विरुद्ध हामीले थालेको अभियानबाट भूमाफियाहरु आत्तिए । जसले सरकारी जग्गा व्यक्तिका नाममा लैजाने अपराध गरिरहेका थिए, उनीहरू छट्पटाए ।’

मिटरब्याज लगायत तमाम बेथितिका विरुद्ध आफूहरूले सरकारबाट सङ्कल्पका साथ सङ्घर्ष सुरु गरेको स्मरण गर्दै अध्यक्ष प्रचण्डले भने, ‘त्यसबाट दलाल, सामन्तवादका अवशेष, भूमाफिया र नोरकाशहरु हामीसँग आतंकित भए । माओवादी केन्द्रका नेताहरूले बिस्तारै हामीलाई त खतमै पार्ने भए भनेर भ्रष्टाचारी जति सबै डराए ।’

उनीहरूले कांग्रेस र एमालेलाई आफ्नो नेता ठानेर भ्रष्टाचारी र बिचौलियाले जुटाइदिएको उल्लेख गर्दै उनले सरकारमा रहँदा भ्रष्टाचारविरुद्ध लडाई लडेकाले आफूहरू विजेता कमान्डरजस्तो गरी निस्केको बताए ।

तर, कांग्रेस एमाले कायरजस्तो गरी सरकारमा गएको टिप्पणी गर्दै अध्यक्ष प्रचण्डले भने, ‘अब हामी पार्टी सुदृढ गरेर देशैभरि पार्टी पुनर्गठन गर्दै बलियो पार्टी बनाएर भ्रष्टाचारका विरुद्ध तलैबाट आन्दोलन सिर्जना गर्ने सोचमा छौँ । पहिले पार्टी बलियो बनाउने र बलियो पार्टीका आधारमा देशव्यापी रूपमा भ्रष्टाचार विरोधी आन्दोलन सुरु गर्ने सोचिएको छ।’

आफ्नो पार्टीले अघि सारेको गणतन्त्र, संघीयता, समावेशी, समानुपातिक एजेन्डाप्रति मधेशी जनसमुदायको अपार विश्वास भएको उल्लेख गर्दै उनले यो विश्वासलाई कमजोर हुन नदिएर सोहीअनुसार पार्टी संगठन र नेतृत्व स्थापित गरेर जाने प्रतिबद्धता व्यक्त गरे ।

पार्टीलाई मधेशमा थप एकताबद्ध र सुदृढ बनाउँदै पहिलो पार्टीको रूपमा स्थापित गरेर स्थानीय, प्रदेश र संघीय सरकारमा सशक्त हस्तक्षेप बढाउन पनि मधेश प्रदेशको महत्त्वपूर्ण भूमिका रहने विश्वास उनले व्यक्त गरे ।

आज बिहान मात्रै अध्यक्ष प्रचण्डले गोलबजार र मिर्चैयाका पार्टी कार्यकर्ता तथा स्थानीयबासीसँग छलफल गरेका थिए  । हिजो साँझदेखि सप्तरी हुँदै मधेश प्रदेश प्रवेश गरेका अध्यक्ष प्रचण्ड आज र भोलि मधेशमै रहनेछन् ।

प्रकाशित मिति : २५ भाद्र २०८१, मंगलबार  ११ : ५९ बजे

न्यायसम्पादनमा ढिलाइ हुँदा कार्यसम्पादनमा समस्या : प्रदेश प्रमुख मियाँ

कैलाली– सुदूरपश्चिम प्रदेश प्रमुख नजीर मियाँले न्यायसम्पादनमा ढिलाइ हुँदा कतिपय

बजेटका लागि सुझाव संकलन पोर्टल सञ्चालन

काठमाडौं– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आगामी आर्थिक वर्षको नीति तथा

तिङ्कर सडकको दुम्लिङसम्म पहिलोपटक गाडी पुग्यो

खलङ्गा– दार्चुलाको व्यास गाउँपालिका–२ स्थित दुम्लिङ गाउँमा पहिलोपटक सवारीसाधन पुगेको

दुई तिहाइ वा महाअभियोगको डर र प्रभावमा न्याय सम्भव छैन : कामु प्रधानन्यायाधीश मल्ल

काठमाडौं- कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले डर र प्रभावमा न्याय

वनको दाउरा कसले लिने भन्ने विषयमा विवादपछि एक जनाको ज्यान गयो

घोराही– जिल्लाका राजपुर गाउँपालिका–४ मोतीपुरस्थित एक  सामुदायिक वनमा दाउरा लिने