एसिया कप राइजिङ स्टार्स फाइनल : श्रीलङ्काविरुद्ध पहिले ब्याटिङ गर्दै पाकिस्तान « Khabarhub

एसिया कप राइजिङ स्टार्स फाइनल : श्रीलङ्काविरुद्ध पहिले ब्याटिङ गर्दै पाकिस्तान


१३ मंसिर २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – एसीसी एसिया कप राइजिङ स्टार्सको फाइनल खेलमा श्रीलङ्का ‘ए’ विरुद्ध टस जितेर पहिले ब्याटिङ गरिरहेको छ । कतारको दोहास्थित वेस्ट एन्ड पार्क अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी ५० ओभरको डे–नाइट उपाधि भिडन्तमा पाकिस्तान ‘ए’ ले १.४ ओभरको समाप्तिमा बिनाकुनै विकेटको क्षतिमा ९ रन बनाएको छ ।

पाकिस्तान ‘ए’ का प्रारम्भिक ब्याटरद्वय माज सदाकत ३ बलमा १ चौकासहित ५ रन तथा सामिल हुसेन ७ बलमा १ चौकासहित ४ रन बनाएर क्रिजमा खेलिरहेका छन् । श्रीलङ्का ‘ए’ का बलर जनित लियानागेले १ ओभरमा ४ रन तथा लाहिरु समाराकुनले ०.४ ओभरमा ५ रन खर्चिएका छन् ।

पवन रत्नायकेको कप्तानीमा मैदान उत्रिएको श्रीलङ्का ‘ए’ को प्लेइङ ११ मा लासिथ क्रुस्पुले, सिनेथ जयवर्दने, निशान मदुष्का, निपुन धनञ्जय, जनित लियानागे, रविन्दु फर्नान्डो, विजयकान्त व्यासकान्त, लाहिरु समाराकुन, वानुजा सहान र गरुका सङ्केत रहेका छन् ।

यसैगरी, अब्दुल समदको नेतृत्वमा रहेको पाकिस्तान ‘ए’ को प्लेइङ ११ मा सामिल हुसेन, माज सदाकत, साहजैब खान, हसन नवाज, फरहान युसुफ, रोहेल नजिर, मोहम्मद इमरान, अहमद दानियाल, सुफियान मुकिम र अलि रजा समावेश छन् ।

यस खेलमा नेपालका कमलेश ठाकुर रिजर्भ अम्पायरका रूपमा रहेका छन् । अनफिल्ड अम्पायरमा अफगानिस्तानका महमुद खारोती र बङ्गलादेशका मोर्सेद अलि खान तथा टीभी अम्पायरमा हङकङका तबराक दार छन् भने म्याच रेफ्रीको भूमिकामा बङ्गलादेशका नियामुर रसिद रहेका छन् ।

प्रकाशित मिति : १३ मंसिर २०८३, आइतबार  ३ : ५९ बजे

एसिया कप राइजिङ स्टार्स फाइनल : श्रीलङ्काविरुद्ध पहिले ब्याटिङ गर्दै पाकिस्तान

काठमाडौँ – एसीसी एसिया कप राइजिङ स्टार्सको फाइनल खेलमा श्रीलङ्का

‘काठमाडौँ घोषणापत्र’ कार्यान्वयनमा सरकार प्रतिबद्ध : मन्त्री यादव

काठमाडौं– राष्ट्रिय युवा सम्मेलन २०२६ लाई सम्बोधन गर्दै युवा, श्रम

‘सार्वजनिक ओहोदामा रहेका सबैको सम्पत्ति छानबिन गर्न कांग्रेस तयार छ’

काठमाडाैँ – नेपाली कांग्रेसका सभापति गगन थापाले विधान विपरीत चल्ने

इसेवामा सन नेपाल लाइफको ‘स्क्यान एन्ड केयर’ योजना, १ लाखसम्मको बीमा सुरक्षा

काठमाडौँ–  इसेवा र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीचको सहकार्यमा ‘स्क्यान

एसिया कप राइजिङ स्टार्सको उपाधिका लागि आज पाकिस्तान र श्रीलङ्का भिड्दै

काठमाडौँ – एसीसी मेन्स एसिया कप राइजिङ स्टार्स (इमर्जिङ टिम्स