गङ्गालालमा राष्ट्रिय खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण « Khabarhub

गङ्गालालमा राष्ट्रिय खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण


२५ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग उपचार केन्द्रले  राष्ट्रिय टोलीमा रहेका खेलाडीको स्वास्थ्य परीक्षण निःशुल्क गर्ने भएको छ । देशको प्रतिनिधित्व गरेर अन्तर्राष्ट्रिय खेलमा योगदान गर्ने सबै खेलाडीको मुटुसहित निःशुल्क स्वास्थ्य परीक्षण गरिने सम्बन्धी आज सम्झौता गरिएको छ ।

गत साउन २७ गते स्वास्थ्य क्षेत्रका योजना तथा प्राथमिकता घोषणाका क्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पौडेलले देशका लागि खेल्ने खेलाडीको स्वास्थ्यपरीक्षणका लागि मन्त्रालयले आवश्यक व्यवस्था गर्ने घोषणा गरेका हुन् । सोही घोषणा अनुसार त्रिपक्षीय सम्झौताका लागि मन्त्री पौडेलले सक्रियता देखाएका थिए । 

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पौडेल र युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीको उपस्थितिमा मन्त्रालय, युवा तथा खेलकुद राष्ट्रिय खेलकुद परिषद् ९राखेप० र अस्पतालबीच हरेक वर्ष निःशुल्क मुटुसहितको स्वास्थ्य परीक्षणसम्बन्धी सम्झौता गरिएको हो । सम्झौताअनुसार आवश्यक आर्थिक व्यवस्थापन अस्पतालले आफ्नै स्रोतबाट गर्नेछ ।

हाल केन्द्रकै तर्फबाट निःशुल्क परीक्षण भए पनि आगामी वर्षबाट थप वार्षिक कार्यक्रम बनाएर कार्यक्रम अघि बढाउने मन्त्रालयले तयारी गरेको मन्त्री पौडेलको सचिवालयले जनाएको छ । उक्त सम्झौता हरेक वर्ष नवीकरण गर्ने व्यवस्था गरिएको छ ।

घोषणाबाट अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा देशका तर्फबाट सहभागी राष्ट्रिय टोलीका सात सय ५७  खेलाडी लाभान्वित हुनेछन् । पारा ओलम्पिकमा कास्य पदक विजेता पलेसा गोबद्र्धनको स्वास्थ्य परीक्षण गरी परीक्षणको औपचारिक सुरुवात गरिएको छ । परीक्षणको औपचारिक सुरुवात कार्यक्रममा बोल्दै मन्त्री पौडेलले मन्त्रालयको नेतृत्व सम्हालेदेखि खेलाडीको स्वास्थ्य प्राथमिकतामा राखेको बताए । 

अर्को वर्ष थप स्रोत सुनिश्चित गर्ने मन्त्री पौडेलको भनाइ छ । ‘स्वास्थ्य सुधारका लागि अरु थप के गर्न सकिन्छ त्यसका लागि तयार छु’, उनले भने, ‘यो सुरुवात खेलाडीप्रतिको सम्मान पनि हो ।’

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलाडी विदेशिनुमा उपचार अभाव पनि एउटा कारण रहेको बताउँदै स्वास्थ्यमन्त्री पौडेलप्रति आभार प्रकट गरे।

प्रकाशित मिति : २५ भाद्र २०८१, मंगलबार  २ : २० बजे

तत्कालै नयाँ जहाज किन्न असम्भव, लिजमार्फत थप्न निर्देशन दिएका छौँ : मन्त्री पौडेल

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले लिज

निर्माण क्षेत्रलाई विशेष मूल्य समायोजन गर्ने सरकारको निर्णय

काठमाडौं– निर्माण क्षेत्रलाई विशेष मूल्य समायोजन गर्ने निर्णय सरकारले गरेको

सन् २०२६ को चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार ‘अप्टोजेनेटिक्स’ का खोजकर्ताहरूलाई प्रदान गरिने

एजेन्सी– क्यारोलिन्स्का इन्स्टिच्युटको नोबेल एसेम्ब्लीले सन् २०२६ को शरीरक्रियाविज्ञान वा

तयारी पोशाक निर्यात बढाउन नीतिगत र कानुनी सुधारको माग

काठमाडौँ- नेपाल तयारी पोशाक उद्योग संघले तयारी पोशाक क्षेत्रलाई दिगो,

चिनी उद्योगको जग्गामा प्रश्न उठाउनुभन्दा स्वदेशी उत्पादनमा जोड दिऔँ : मन्त्री साह

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपक साहले व्यवसायको वातावरण बनाउन